
एजेन्सी-पेनाल्टी चुकेपछि पेरु डेनमार्कसँग पराजित हुदैं खराब लयबाट विश्वकपको यात्रा थालनी गरेको छ । कठिन जित निकाल्ने क्रममा डेनमार्कले पेरुलाई १-०ले पराजित गरेको हो । डेनमार्कले आफ्नो विश्वकप यात्रा पेरु विरुद्धको कठिन जितबाट सुरु गरेको छ । पहिलो हाफमा पेनाल्टीको अवसर खेर फालेको पेरुलाई हराउँदै डेनमार्कले समूह सीमा तीन अंक जोडेको छ ।
विश्वकपमा पहिलो पटक भिडियो एसिस्टेण्ट रेफ्रीको उपयोग गरियो । पहिलो हाफको इन्ज्युरी समयमा क्रिष्टियन कुयभामाथि फल भएपछि पेनाल्टी दिइएको थियो । भिडियो एसिस्टेन्ट रेफ्रीमार्फत रिप्ले हेरेपछि दक्षिण अमेरिकी टिम पेरुले पेनाल्टीको मौका पाएको थियो । कुएभाले पेनाल्टी बारभन्दा माथि प्रहार गरे । पेरु भन्दा अघि अर्जेन्टिनाका मेसीले आईसल्याण्ड विरुद्धको खेलमा पनि पेनाल्टीमा गोल गर्न चुकेका थिए ।
५९औं मिनेटमा डेनमार्कले अग्रता लियो । क्रिष्टियन इरिक्सनको पासमा युसुफ पउलसेनले गोल गरे । जितसँगै तीन अंक जोडेको डेनमार्कले दोस्रो चरणको यात्रा तय गर्न केही हल्का बनाएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…