पेरुको पेनाल्टी मिस, जितसँगै डेनमार्कको विश्वकप यात्रा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ३ गते २०७५ मा प्रकाशित


एजेन्सी-पेनाल्टी चुकेपछि पेरु डेनमार्कसँग पराजित हुदैं खराब लयबाट विश्वकपको यात्रा थालनी गरेको छ । कठिन जित निकाल्ने क्रममा डेनमार्कले पेरुलाई १-०ले पराजित गरेको हो । डेनमार्कले आफ्नो विश्वकप यात्रा पेरु विरुद्धको कठिन जितबाट सुरु गरेको छ । पहिलो हाफमा पेनाल्टीको अवसर खेर फालेको पेरुलाई हराउँदै डेनमार्कले समूह सीमा तीन अंक जोडेको छ ।

विश्वकपमा पहिलो पटक भिडियो एसिस्टेण्ट रेफ्रीको उपयोग गरियो । पहिलो हाफको इन्ज्युरी समयमा क्रिष्टियन कुयभामाथि फल भएपछि पेनाल्टी दिइएको थियो । भिडियो एसिस्टेन्ट रेफ्रीमार्फत रिप्ले हेरेपछि दक्षिण अमेरिकी टिम पेरुले पेनाल्टीको मौका पाएको थियो । कुएभाले पेनाल्टी बारभन्दा माथि प्रहार गरे । पेरु भन्दा अघि अर्जेन्टिनाका मेसीले आईसल्याण्ड विरुद्धको खेलमा पनि पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

५९औं मिनेटमा डेनमार्कले अग्रता लियो । क्रिष्टियन इरिक्सनको पासमा युसुफ पउलसेनले गोल गरे । जितसँगै तीन अंक जोडेको डेनमार्कले दोस्रो चरणको यात्रा तय गर्न केही हल्का बनाएको छ ।