नाईजेरियालाई पराजित गर्दै क्रोएसियालाई तीन अंक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ३ गते २०७५ मा प्रकाशित


एजेन्सी-फुटबलमा भाग्य पनि चाहिन्छ । राम्रो खेलेर मात्रै नजिता आफनो पक्षमा पर्दैन् । त्यस्तै भएको छ नाईजेरियालाई । तर भाग्य बलियो भने क्रोएसियाको थियो । नाईजेरियाले उत्कृष्ट प्रदर्शन गरेपनि क्रोएसियाले तीन अंक जोड्न भाग्यले साथ दियो । उपहार गोलबाट तीन अंक जोडिदै क्रोएसियले विश्वकप यात्रा विजय यात्राबाट शुरु गर्यो ।

अफ्रिकी पावरहाउस नाइजेरियालाई २–० ले हराउँदै क्रोएसियाले तीन अंक जोडेको छ । कालिनइनगार्ड मैदानमा भएको खेलमा एक गोल आत्मघाती गोलबाट लिएको अग्रतालाई क्रोएसियाका भरपर्दा र अनुभवी खेलाडी लुका मोड्रिचले व्यक्तिगत दोस्रो गोल गरेपछि तीन अंकको लिदैं पुरानो शाख जोगाउन उद्दत देखियो ।

३२औं मिनेटमा ओगेनेकारोले इटेबोले लुका मोड्रिचले गरेको प्रहार रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गरे । नाइजेरियाले क्रोएसियालाई खेलभरी नै दबाब दिएको थियो । पहिलो हाफ हुनु अघि एलेक्स इओबीको प्रहार डिफेन्डर डेजान लोब्रेनले जोगाएका थिए । अर्को एउटा राम्रो अवसरमा ब्राइन इडोउले चुक्न पुगे । अफ्रिकन विश्वकप यात्रामा दोस्रो चरणबाट माथि उठ्न भने सकेको छैन् ।