
पोखरा(खेलाडी न्युज)-सहारा क्लबद्वारा सञ्चालित सहारा एकेडेमीलाई क्लबका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ तथा उनका परिवारले आर्थिक सहयोग गरेका छन ।
एकेडेमीको अक्षयकोषमा गुरुङ सहित उनकी धर्मपत्नी उमादेबी १ लाख १ सय ५ रुपैयाँ र छोरी उरुप्साले ५० हजार प्रदान गरेका हुन । यसै गरि एकेडेमीका लागि समाजसेबी एवम रंगशाला आमा समुहकी अध्यक्ष चन्द्रावती गुरुङले समेत १ लाख १ सय ५ रुपैयाँ प्रदान गरेकी छन ।
सहयोग दाता रामचन्द्र गुरुङका परिवार र चन्द्रवती गुरुङले सहयोग रकम सहारा क्लबका अध्यक्ष केशव बहादुर थापालाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा एकेडिमीको गतिविधीका बारेमा जानकारी दिंदै एकेडेमीका संयोजक एवम क्लबका पूर्व अध्यक्ष बिक्रम थकालीले एकेडेमी संचालन गर्न मासिक दुई लाख खर्च लाग्ने बताए ।
सहयोगी गुरुङ परिवार द्वयलाई क्लबका सल्लाहकार परिषदका सभापती विरभद्र आचार्यले धन्यवाद ज्ञापन गरेका थिए । २०७० साल बाट सहरा क्लबद्वारा संचालित सहारा एकेडेमीमा २८ जना विपन्न बालकहरुलाई आश्रय दिएर शिक्षाका साथै फुटबल प्रशिक्षण प्रदान गरिदैं आइएको छ ।
क्लबले उक्त एकेडेमी संचलानका लागि दुई करोडको अक्षय कोष संंचालनार्थ विविध कार्यक्रम गर्दै आएको छ । उक्त अक्षयकोषका लागि देश बिदेशमा रहेका समाजसेबी तथा संस्थाहरुले सहयोग रकम प्रदान गर्दै आइरहेका छन ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…