
एजेन्सी-क्रिकेटमा अष्ट्रेलिया ३४ वर्षकै कमजोर र्याङ्कमा पुगेको छ । आईसिसीको र्याङ्कि अनुसार अष्ट्रेलियाको एकदिवसिय र्याङकिङ छैटौं स्थानमा पुगेको छ ।
जुन अष्ट्रेलियाको सबैभन्दा खराब लयमा देखिएको छ । पाकिस्तान पाँचौ स्थानमा छ । वर्षमा एक वर्षमा तीन खेल जितेको अवस्थामा मात्रै पाकिस्तान भन्दा माथि पुग्ने सम्भावना छ । अष्ट्रेलिया जनवरी १९८४ मा छैटौं स्थानमा थियो । एकदिवसियमा बेलायत पहिलो स्थानमा छ ।
भारत दोस्रो स्थानमा रहदाँ तेस्रो स्थानमा भने दक्षिण अफ्रिका बसेको छ । चौथो स्थानमा न्युजिल्याण्ड, पाचौमा पाकिस्तान, छैटौंमा अष्ट्रेलिया, सातौमा बंगलादेश, आठौमा श्रीलंका, नवौमा वेष्ट इण्डिज, दशौंमा अफगानिस्तान छन् । एकदिवसियमा अष्ट्रेलिया १५ मध्ये १३ खेलमा पराजित भएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…