
एजेन्सी-अष्ट्रेलिया विरुद्धको एकदिवसिय खेलमा इग्ल्याण्डले नयाँ किर्तिमान बनाउँदै २४२ फराकिलो रनले पराजित गरेको छ । तेस्रो एकदिवसीय खेल अन्तर्गत इग्ल्याण्डले ४८१ रनको किर्तिमानसहितको स्कोर बनाएको छ । केवल छ विकेटको क्षतिमा इग्ल्याण्डले फरालिको रन हिर्काउँदै किर्तिमान बनाउन एलेक्स हलेसले १४७ र जोनी जबायरस्टोले १३९ रनको महत्वपूर्ण इनिङ्स खेलेका थिए । इग्ल्याण्डले सर्वाधिक २१ छक्का र ४१ चौका प्रहारले ४५० रन इतिहास लेखिएको थियो ।
इग्ल्याण्डले अष्ट्रेलियालाई २३९ रनमै समेटेको थियो । केवल ३७ ओभर मात्रै खेल्दै अष्ट्रेलिया सस्तैमा समेटिदाँ इग्ल्याण्डले भने नयाँ इतिहास कोर्न पुग्यो । इग्ल्याण्डले यसभन्दा अघि पाकिस्तान विरुद्ध सन २०१६ मा ४४४ रन बनाएको थियो ।
अष्ट्रेलिया विरुद्ध पाँच एकदिवसीय खेलमा इग्ल्याण्डले ३(०ले अग्रता लिईसकेको छ । अष्ट्रेलियालाई एकदिवसीय खेलमा व्याक टु ब्याक पराजित गरेको सन १९८६(८७ पछि नै हो । हलेस र बायरस्टोले एकदिवसीय खेलमा सबैभन्दा छिटो अर्धशतक बनाउने रकेर्ड समेत बनाएका छन् । बायरस्टोको चौथो एकदिवसीय शतक हानेका हुन् । दुवैले १९ ओभर ३ बलमा १५९ रनको स्कोर बनाए । जुन १० औ सर्वाधिक आपेनिङ स्कोर थियो ।
पछिल्लो समय अष्ट्रेलिया बल टेम्पोरिङ काण्डले क्रिकेटस्तर निकै खस्किएको छ । क्रिकेट स्तर खस्किएको एक दिवसीय श्रैणी पनि कमजोर बनेको छ । ३६ वर्ष यताकै सबैभन्दा कमजोर छैटौं स्थानमा झरेको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…