
एजेन्सी-अतिरिक्त समयमा दुई गोल गरेपछि ब्राजिलले कोष्टारिकालाई पराजित गर्दै रसिया विश्वकपको नकाउट चरण प्रवेशको लागि सहज बनाएको छ । ९० मिनेटको खेलपछि थपिएको ९ मिनेट अतिरिक्त समय थपियो । गोलरहित बराबरीमा टुंगिने तर्फ अग्रसर हुदाँ थपिएको सात मिनेटमा ब्राजिलले दुई गोल गर्दै तीन अंक जोड्दै नकाउटचरणको सम्भावनालाई जिवित राख्यो ।
९० प्लस १ मिनेटमा फिलिप कौटिन्होले ब्राजिलका लागि पहिलो गोल गरे । उनलाई ग्रावियल जेससले पास उपलब्ध गराएका थिए । पहिलो गोलसँगै हौसिएको ब्राजिलले अर्को गोल भने नेयमारको खातामा लेखियो । उनले ९० प्लस ७ मिनेटमा डगलस कोष्टाको पासमा पोष्टको नजिकैबाट प्रहार गर्दै गोल आफनो नाममा चढाए । जितसँगै ब्राजिल ४ अंक छ । कोष्टरिका बाहिरिएको छ ।
कोष्टरिकाका गोलकिपर नाभासले ब्राजिलको प्रयासलाई विफल बनाएपनि अन्तत असफल बने । रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने उनको तारिफयोग्य प्रदर्शन रहेको थियो । समूहमा सर्विया तीन अंक छ । सर्वियाले स्वीटजरल्याण्डसँग खेल्ने छ । स्वीटजरल्याण्डको लागि आजको खेल निकै महत्वपूर्ण छ । हारले बाहिरिन्छ । जितले ब्राजिलसँग अंक तालिकामा बराबरी रहन्छ । अन्तिम खेलले अन्तिम टुंगो लगाउने छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…