ब्राजिल विश्वकपको अन्तिम आठमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १९ गते २०७५ मा प्रकाशित


एजेन्सी-ब्राजिलले विश्वकपको उपाधि जित्ने लय देखाउँदै मेक्सिकोको चुनौतिलाई २-० गोलले पन्छाएको छ । विश्वकप साविक विजेता जर्मनीलाई पहिलो चरणको खेलमा पराजित गर्दै नकाउटचरण प्रवेश गरेको मेक्सिको भने ब्राजिललाई कडा चुनौति पेश गरेपनि अन्तत रसिया विश्वकपबाट भने विदाई लिन बाध्य भयो ।

पहिलो हाफ बराबरीको सकिएको थियो । ५१ औं मिनेटमा नेयमारको गोलसँगै दोस्रो हाफमा लय समात्यो । एक गोलको अग्रता लिएको ब्राजिलले खेल सकिन केही मिनेट बाँकी छदा लिभरपुलबाट व्यवसायिक फुटबल खेल्दै आएको रोबर्टो फिरमिनोले गोल गर्दै मेक्सिकोको आशालाई समाप्ता पारिदिए ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका फिरमिनोको यो विश्वकपमा पहिलो गोल हो । मेक्सिकोले पनि केही अवसर पाए पनि सदुपयोग गर्नबाट चुक्दा निराश बन्दै मैदान छाड्न बाध्य भयो ।