
एजेन्सी-स्वीटजरल्याण्डको चुनौतिलाई पन्छाएको स्वीडेन अन्तिम आठमा पुग्दा इग्ल्याण्डको भाग्य भने पेनाल्टी सुटआउटमा चम्कियो । पेनाल्टी सुटआउटमा इग्ल्याण्डले कोलम्बियालाई ४-३ गोलले पराजित गर्दै अन्तिम आठ पक्का गर्यो ।
पेनाल्टीगोलबाट अग्रता लिएको इग्ल्याण्ड अन्तिम एक मिनेट पनि बाँकी नरहदाँ सम्हालिन नसक्दा बराबरी गोल खाँदै खेल थप समयसम्म लम्बियो । ह्यारी केनले ५७ मिनेटमा पेनाल्टीमा गोल गर्दै अन्तिम आठको सुरक्षित बनाउने लक्ष्य तर्फ अग्रसर रह्यो । तर ९० प्लस ३ मिनेटमा यारी मिनाले कोलम्बियाको लागि गोल गर्दै बराबरी गरेपछि आधा घण्टाको समय लम्बिन पुग्यो ।
थपिएको आधा घण्टा पनि कुनै गोल नभएपछि निर्णय पेनाल्टी सुटआउटमा पुग्यो । कोलम्बियाका अन्तिम दुई पेनाल्टी प्रहार गुमेपछि इग्ल्याण्डले खुशी मनाउन अवसर पायो । अघिल्ला दुई पेनाल्टी दुवैको गोलमा परिणत भएको थियो । कोलम्बियाको लागि राडामेल फाल्काओ, हुवान क्युर्डोडो र लुईस मुरियलले गोल गरेका थिए । माटेअस उरिब र कार्लोस बाक्काको पेनाल्टी खेर गएको थियो ।
इग्ल्याण्डका लागि जोर्डन हेण्डरसनको पेनाल्टी गुम्दा कोलम्बिायाले जितको आशा लिएको थियो । । ह्यारी केन, मार्कस रासफोर्ड, केयरन त्रिपर र इरिक डियरले गोल गरेपछि इग्ल्याण्डले रसिया विश्वकपको क्र्वाटरफाईनल सुरक्षित बनायो ।
स्वीटजरल्याण्डलाई १-० गोलले पराजित गर्दै स्वीडेन अन्तिम आठमा प्रवेश गरेको छ । एमिल फोर्सबर्गले ६६ औं मिनेटमा गोल निर्णायक बन्दा स्वीडेनलाई क्र्वाटरफाईनल प्रवेश गराउन पर्याप्त रह्यो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…