
एजेन्सी-रसियामा आयोजित विश्वकपको सेमिफाईनलमा पुग्ने दुवै टोली आशावादी छन् । तर खेलले भने त्यसको निर्णय पक्कै गर्ने छ । एउटा बाहिरिदाँ अर्कोले अन्तिम चारको यात्रा तय गर्ने छ ।
पाँच पटकको विजेता ब्राजिलले निकै लयमा देखिएको बेल्जियमसँग खेल्दै छ । राती हुने दुवैको भिडन्तलाई विश्वकै नजर प्रत्यक्ष रुपमा हेर्न छन् । बेल्जियमले ब्राजिललाई हराउँदै फुटबलमा नयाँ इतिहास कोर्ने अभियानमा छ भने ब्राजिल भने बेल्जियमलाई पन्छाउँदै छैटौं पटक उपाधि उचाल्ने अभियानमा लम्कने दाउमा छ । दुवै टिम क्लब फुटबलका हस्तीहरुले भरिएका छन् । यद्यपी, ब्राजिल मुख्यगरि नेइमारको प्रेरणामा छ भने चेल्सीका प्लेमेकर इडेन हाजार्डले बेल्जियमको नेतृत्व गर्नेछन् ।
ब्रजिलसँग नेइमार मात्र होइन गाव्रियल जेसस, फिलिप कोटिन्हो, पाउलिन्हो, विलियन, मार्सेलो, थियागो सिल्भा लगायका विश्वस्तरीय खेलाडीको जमघट नै छ । बेल्जियममा हाजार्डसँगै रोमेलु लुकाकु, मराउन फेलानी, केभिन डि ब्रुयेन, भिन्सेन्ट कोम्पानी, ड्राइज मार्टिन, थोमस भर्मालिज जस्ता खेलाडीको ताँती छ । विश्लेषकहरु भन्छन् सन् १९८६ मा सेमिफाइनलसम्म पुगेको बेल्जियम यसपटक उपाधि जित्ने बलियो सम्भावना बोकेर रसिया पुगेको हो । समूह चरणमा उसको प्रदर्शनले त्यो पुष्टि पनि गरेको छ ।
यो बेल्जियम फुटबलको गोल्डेन जेनेरेशन हो । र, यो सुनौलो पुस्ता बेल्जियमलाई पहिलो विश्वकप उपाधि दिलाउने अभियानमा छ । सन् १९८६ मा चौथो भएको बेल्जियम त्यसपछि क्वार्टरफाइनलबाट माथि जान सकेको छैन ।सन् १९९० यता कम्तिमा पनि विश्वकपको क्वार्टरफाइनलमा पुगेको ब्राजिलले समूह चरणमा नाम चलेका धेरै टिम घर फर्किदा पनि आफूलाई उपाधिको दावेदारका रुपमा पुष्टि गरिरहेको छ ।
प्रशिक्षक टिटेको रणनीतिले काम गरिरहेको र उनले टीमलाई उपाधि दिलाएरै फर्किने सम्भावना रहेको विश्लेषकहरु बताउँछन् । बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले ब्राजिलसँगको क्वार्टरफाइनल खेलमा ‘पावर गेम’को आवश्यकता पर्ने स्वीकार गरेका छन् । त्यसैले फेलानीलाई सुरुआती टोलीमा राख्ने सम्भावना छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…