फ्रान्स विश्वकपको सेमिफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २२ गते २०७५ मा प्रकाशित


एजेन्सी-खेल सकिएकै थिएन् । तर हारको पीडालाई उरुग्वेका खेलाडी मैदानमै आँशु झार्दै खेलिरहे । आखाँको आसु लुकाउन सकिरहेका थिएन् । क्यामराले रोईरहेको प्रष्ट देखिएको थियो ।

आँसु किन नआवस पनि । नकाउट चरणमा सतशप्रतिशत नजितासँगै क्र्वाटरफाईनलसम्मको यात्रा तय गरेको उरुग्वे फ्रान्ससँग २-० गोलले पराजित हुदैं रसिया विश्वकपबाट बाहिरिन पुग्यो ।

केही तनावयुक्त खेल जित्दै फ्रान्सले सेमिफाईनल यात्रा तय गर्दा उरुग्वे भने पीडामा मैदानमै केही बेर अवाक हुन पुग्यो । हाफ हुनु भन्दा केही अघि एन्टोनी ग्रिजमनको फ्रिकिकमा राफल भरानले हानेको हेडिङ सेकेण्डबारमा नजिकैबाट पोष्टभित्र छिरेपछि स्पष्ट अग्रता लिएको थियो । खेलको ४० औं मिनेटमा उनले गोल गर्दै फ्रान्सलाई सेमिफाईनल तय गराउने संकेत देखाए ।

उरुग्वेका गोलकिपरकोे अक्षम्य गल्तीमा दोस्रो गोल हुन पुगेपछि उरुग्वेको पराजत निश्चितजस्तै भएको थियो । डिबक्स बाहिरबाट ग्रिजमनले हानेको बल पन्च गरेपनि पोष्टभित्र छिरेपछि उरुग्वेको आशा समाप्त भएको थियो । ६१ मिनेटमा ग्रिजमनलाई कोरेन्टिन टोलिसोले दिएको पासमा गोल हुदाँ फ्रान्सले सन २००६ को विश्वकप पछि सेमिफाईनल यात्रा तय गरेको हो । २००६ मा भने फ्रान्सले फाईनलमा इटालीसँग पराजित हुदै उपाधि विमुख भएको थियो ।

खेलको ४४ औं मिनेटमा उरुग्वेले महत्वपूर्ण अवसरलाई गुमाउन पुग्यो । मार्टिन कासिरेसले हानेको हेडबललाई फ्रान्स गोलकिपरले पन्च गर्दै सेभ गरे । तर रिवाउण्ड भएको बललाई डियागो गोडिनले हावामा उठाईदिएपछि बराबरी गर्ने अवसरबाट बन्चित भएको थियो ।