एशियाडमा जाने खेलाडीसँग छलफल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २३ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-एशियाडमा सहभागि हुने सितेरियो कराँतेका खेलाडी तथा अफिसियलसँग प्रदेश सभा सदस्य ललितकला गुरुङले भेटवार्ता गरेकी छिन् । उनले पोखरामा बन्द प्रशिक्षणमा रहेको टोलीसँग छलफल गर्दै प्रशिक्षण बारे जानकारी लिईन् ।

साथमा राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य यामकुमारी गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यबहाक अध्यक्ष सम्पन्न श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपक गोदार लगायतको उपस्थिति थियो ।

भेटवार्तामा पोखरामा भईरहेको खेलाडीको बन्द प्रशिक्षणसँगै खेलाडीको मनोबल उच्च बनाउनुपर्नेमा जोड दिइएको थियो । सितेरियो कराँते संघका कास्कीका अध्यक्ष सुरेन्द्रकुमार गुरुङ, खेलाडी जीवन मल्ल समेतले खेलाडी बीच भाईचाराको सम्बन्धलाई अझ प्रगाढ बढाउनुपर्ने खाँचो औल्याए ।

सितेरियो कराँतेका एशियाडको लागि जाने खेलाडीहरुमा महिला तर्फ ५०केजी तौल समूहमा अनु अधिकारीले प्रतिस्पर्धा गर्ने छिन् । ६१ केजी तौलमा भने सुनिता महर्जनले एरिनामा उत्रिदाँ एकल काता तर्फ भने चञ्चला दनुवारले प्रतिस्पर्धा गर्ने छिन् । त्यसैगरी पुरुष तर्फको प्रतिस्पर्धामा ६० केजी तौलमा सोनम लामा, ८४ केजी तौलमा भने दिवस श्रेष्ठले खेल्ने छन् । एकल कातामा भने परशुराम बास्तोलाले स्वर्ण पदकको लक्ष्यसहित एरिनामा उत्रिने छन् ।

उनीहरुलाई प्रशिक्षकद्वय हिरासिंह डंगोल र दिपक श्रेष्ठले विहान र साँझ दुई समेत प्रशिक्षण गराउँदै आएका छन् । प्रशिक्षणको लागि कास्की जिल्ला सितेरियो कराँते संघले सहयोग गरेको छ ।