
एजेन्सी-दुवै गोल हेडिङबाट सम्भव बनाउँदै इग्ल्याण्डले स्वीडेनलाई पराजित गर्र्दै अन्तिम चारमा आफुलाई उभ्याउन सफल भयो । शनिबार राती भएको खेलमा २-० गोलले पराजित गर्दै इग्ल्याण्डले सेमिफाईनल सुरक्षित गर्दा स्वीडेनले भने आफुलाई त्यसभन्दा अगाडिको यात्राबाट विट मार्न विवश बन्यो ।
खेलको ३० औं मिनेटमा एस्ले योङको कर्नर पासमा ह्यारी मागुईरेको हेडिङ गोलमा परिणत भएपछि इग्ल्याण्डले खुशीयाली मनाउन थाल्यो । तर स्वीडेनले समेत बराबरी गर्ने अवसरलाई भने पटक पटक गुमाउन पुग्यो । ५८ औं मिनेटमा जेसस लिनगार्डले मिलाईदिएको क्रसपासमा डेले अलीले हानेको हेड पनि गोलमा परिणत भएपछि इग्ल्याण्डले सेमिफाईनल सुरक्षित बनायो ।
इग्ल्याण्डले सेमिफाईनलको यात्रा तय गरेको यो सन १९९० विश्वकप पछि हो । त्यतिबेला सेमिफाईनलमा भने इग्ल्याण्ड पेनाल्टी सुटआउटमा पराजित भएको थियो । त्यस भन्दा यता इग्ल्याण्डले सेमिफाईनल भन्दा अघि नै बाहिरिदै आएको थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…