
पोखरा(खेलाडी न्युज)-पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले अध्यक्षको जिम्मेवारी सम्हाल्दै खेलाडीको हकहितको लागि आफनो आवाज सधै बुलन्द हुने बताएका छन् । आईतबार पदभार सम्हाल्दै उनले खेलाडी भएकाले संधै खेलाडीको हितका बारे काम गर्ने बताएका छन । उनले भने –“मेरो पृष्ठभूमि पनि खेलकुद नै हो । त्यसैले खेल, खेलाडी र खेलकुदको पुर्वाधार विकासमा सदैवमा डटेर काम गर्ने छु । ”
कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै श्रेष्ठले आफ्नो पदावधी रहेसम्म यस क्षेत्रको खेलकुद बिकासका लागि अहोरात्र खटेर काम गर्ने अठोट गरे । आफ्नो कार्यकाल खेलाडीलाई आइपर्ने समस्याको अन्त्य संगै खेलकुद पूर्वाधार बिकास नै रहेको उनले बताए ।
कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपक गोदारले श्रेष्ठलाई स्वागत गर्दै काबा अध्यक्ष श्रेष्ठले खेलाडीलाई परेका समस्या प्रति सम्वोधन गर्न आग्रह गरे । खेलाडीलाई तालिम संगै आवश्यक पर्ने खेल सामाग्रीहरु उपलव्ध हुन सके खेलाडीले परिणाममुखी नतिजा दिन सक्ने उनले बताए ।
कास्की जिल्ला खेलकुद बिकास समितीका सदस्यद्वय दिपक तिमिल्सिना र अजय पराजुली तथा सितेरियो कराँते संघ कास्कीका अध्यक्ष सुरेन्द्र गुरुङ, खेलाडी जीवन मल्ल, फुटबल प्रशिक्षक राजेन्द्र तामाङ, खेलाडी धन लामा, क्षेत्रिय खेलकुदका डिबी नेपाली लगाएत अन्यको उपस्थिती रहेको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…