
पोखरा(खेलाडी न्युज)-दुईदिनपछि पोखरामा पश्चिमाञ्चल क्षेत्रीयस्तरीय बक्सिङ र टेबल टेनिस प्रतियोगिता हुदैं छ । पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिता असार २७ र २८ गते गरिने छ ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका काबा अध्यक्ष सम्पन्न श्रेष्ठका अनुसार बक्सिङ प्रतियोगितामा ८ जिल्ला र टेबुल टेनिस तर्फ १६ जिल्लाका महिला तथा पुरुष खेलाडीहरुको सहभागिता जनाउने छन् ।
बक्सिङमा कास्की, बाग्लुङ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलबस्तुका महिला तथा पुरुष खेलाडीले प्रतिष्पर्धा गर्ने छन । प्रतियोगितामा बक्सिङ पूरुष तर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजी तौल समुह र महिला तर्फ ४८, ५२, ५६, ६० र ६४ केजी तौल समुहमा प्रतिष्पर्धा गराइने पश्चिमाञ्चल क्षेत्रिय प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले बताए ।
यता टेबुल टेनिस तर्फ १६ जिल्लाका महिला र पुरुष गरि ६४ खेलाडीको सहभागिता रहनेछ ।
उनीहरुले महिला÷पुरुष सिंगल्स र डबल्स इभेन्टमा प्रतिष्पर्धा गर्नेछन । प्रतियोगिता सम्पन्न गर्न ७ लाख खर्च लाग्ने र बिजेताहरुलाई मेडल, ट्रफी संगै प्रमाणपत्र प्रदान गरिने छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…