भदौ दोस्रो साता व्याडमिन्टन प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २४ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालामा भदौको दोस्रो साता विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको १७ औं सस्करण हुदैै छ । कास्की जिल्ला व्याडमिन्टन संघले इन्द्रबहादुर गुरुङ स्मृती ब्याडमिन्टन प्रतियोगिता–२०७५” गर्ने आन्तरिक तयारी गर्दै पत्राचार शुरु गरेको छ । कास्कीमा नयाँ ब्याडमिन्टन खेलाडीको पहिचान तथा खेलाडी उत्पादन गर्ने लक्ष्य र उद्देश्यसहित भदौ ९ गतेदेखि १२ गतेसम्म पोखरा रंगशालास्थित व्याडमिन्टन कभर्ड हलमा हुने संघका सचिव दुर्गा जोजिजूले जानकारी दिए ।

प्रतियोगितामा आधारभुत तह कक्षा ८ सम्म छात्रा–छात्रा सिंगल्स, माध्यमिह तह कक्षा १० सम्म छात्रा–छात्र सिंगल्स र डबल्सका इभेन्ट्समा विद्यार्थीले सहभागिता पाउने सचिब जुजिजुले बताए । प्रतियोगितामा यस पटक कक्षा १२ का विद्यार्थीहरुको पनि सहभागिता रहनेछ । कक्षा १२ तर्फ छात्रा–छात्र सिंगल्स र डबल्सका सबै इभेन्ट्सहरु हुनेछन ।
बिजयी प्रतियोगीहरुले मेडल, ट्रफी, प्रमाणपत्रका साथमा आर्कषक पुरस्कार वा प्रोत्साहन स्वरुप स्र्पोट्स साइकल प्रदान गरिने उनले जानकारी दिए । प्रतियोगिताका संयोजक शेरबहादुर क्षेत्रीका अनुसार कास्की बिद्यालयस्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख ९५ हजार खर्च लाग्ने जानकारी दिए ।

कास्की जिल्ला ब्याडमिन्टन संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न विविध कार्यक्रमहरु गर्दै आएको संघका अध्यक्ष डम्बरसिंह गुरुङले बताए । हाल पोखरा रंगशाला भित्र ३ करोड ५० लाख को लागतमा अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कोर्ट निर्माण कार्य भईरहेको छ । चार वटा कोर्टसहितको कभर्ड हल निर्माण पछि संघले व्याडमिन्टन एकेडेमी सञ्चालन गर्ने लक्ष्य लिएको छ ।