
पोखरा(खेलाडी न्युज)-अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि दुई वटा मैदान अनिवार्य हुनुपर्छ । तर पोखरामा क्रिकेटको लागि दुईवटा मैदान नै छैनन् । भएको एउटै पोखरा रंगशालाभित्रको क्रिकेट मैदान समेत बन्नेमा ढुक्क हुने बातावरण अझै बनेको छैन् । गण्डकी प्रदेश सरकारले प्रदेशमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान र गल्फ कोर्ष बनाउन विज्ञ टोली गठन गरी आवश्यक अध्ययन गरिरहेको छ । टोलीले प्रदेशको विभिन्न जिल्ला भ्रमण गरी रिपोर्ट समेत तयार बनाई प्रदेश सामाजिक विकास मन्त्रालयमा पेश गरिसकेको छ ।
कास्की जिल्ला क्रिकेट संघले पनि पोखरामा दुई वटा क्रिकेट मैदान नहुदाँ अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्न नसकिने औंल्याउँदै आएको छ । पोखरा रंगशालाभित्रको क्रिकेट मैदान पर्याप्त क्रिकेटको भौतिक पुर्वाधार तयार पार्न सकिने अवस्थाको छ । तर त्यसमा खासै सरकारी लगानी हुनै सकेको अवस्था छैन् । विस्तृत परियोजना प्रतिवदेन(डिपिआर) बनिसकेको रंगशालाभित्रको क्रिकेट मैदानलाई पुर्वाधार युक्त बनाउन अर्बौ खर्च लाग्ने छ ।
‘पोखरा रंगशालाको क्रिकेट मैदानको विकल्पमा अर्को मैदान बनाउनुपर्ने खाँचोसहितको क्रिकेट संघले प्रदेश सरकारलाई भरतपोखरीस्थित पशुपति घाट क्षेत्रको खाली जग्गामा मैदान बनाउन प्रस्ताव गरेका छौं ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने–‘त्यहाँ मैदान बनेको अवस्थामा मात्रै पोखरामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन सकिन्छ ।’ उनले पशुपति घाटको क्षेत्रमा मैदान बनाउन नसकिए सहारा क्लबको एकेडेमी भन्दा उत्तर तर्फ ल्याण्डफिल साईट नजिकैको सार्वजनिक जमिनलाई मैदानको रुपमा विकास गर्न समेत सकिने बताए ।
ल्याण्डफिल साईट छेवैमा ६ सय भन्दा बढी रोपनी क्षेत्रफल छ । त्यहाँ मैदानसहित आवश्यक पेभेलियन बनाउन सकिन्छ । त्यसको लागि प्रदेश सरकारले चासो देखाउनुपर्ने उनको भनाई थियो । फुटबलको लागि बैकल्पिक मैदान छन् । तर क्रिकेटको लागि भने बैकल्पिक मैदान पोखरामा छैनन् । याम्दीस्थित सेतीनदीको बाँधभन्दा पुर्व तर्फको सिचाईको जग्गा पनि उपयुक्त हुने ठहर कास्की जिल्ला क्रिकेट संघले गरेको छ । तर प्रदेश सरकारले ठोस निर्णय नगर्दासम्म यकिन रुपमा कहाँ बनाउने भन्न नसकिने उनले सुनाए ।
सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत कृष्ण तिमिल्सिनाले पनि विज्ञ टोली र सम्बन्धीत खेलसँग सरोकार राख्ने निकायले दिएको प्रस्तावलाई समेट्दै मन्त्री समक्ष पेश गरिने बताए । पेश गरिएको प्रस्तावलाई मन्त्रालयमा अध्ययन गरी मन्त्री परिषदको बैठकले अनुमोदन गरेको अवस्थामा मात्रै काम अगाडि बढ्ने उनको भनाई थियो । ‘हामीले सबैको राय सुझाव संकलन गरी पेश गर्ने हो ।’ उनले भने–‘जहाँ उपयुक्त र कम खर्चिलो हुन्छ सम्भवत त्यँही सरकारले लगानी गर्ने सम्भावना रहन्छ ।’ उनले क्रिकेट र गल्फकै लागि २६ वटा स्थल अध्ययन गरिएको प्रतिवेदन सार्वजनिक गरेका थिए । जसमा पाँच वटा मात्रै क्रिकेटको लागि उपयुक्त देखिएको थियो । गल्फको लागि केवल दुईवटा मात्रै । अन्यमा केवल प्राक्टिस मैदान मात्रै बनाउन सकिने ठहर मन्त्रालयले गरेको थियो । अध्ययनको लागि मन्त्रालयले सवा करोड बजेट विनियोजन गरेको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…