फ्रान्स विश्वकपको फाईनलमा, ३२ वर्षपछिको भेटमा बेल्जियम फेरी नतमष्तमक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २६ गते २०७५ मा प्रकाशित


सेन्टपिर्टसबर्ग(एजेन्सी)-सामुएल एमटिटीको निर्णायक गोलमा फ्रान्स १२ वर्षपछि विश्वकपको फाईनलमा प्रवेश गरेको छ । सन २००६ मा फाईनलको यात्रा तय गरेको फ्रान्सले सन २०१८ मा पहिलो सेमिफाईनल बेल्जियमलाई १-० गोलले पराजित गर्दै फाईनल सुरक्षित बनायो । २००६ मा फाईनलमा इटालीसँग टाईब्रेकरमा पराजित हुदैं फ्रान्स दोस्रो पटक उपाधि उचाल्नबाट बन्चित हुन पुग्यो । घरेलु भूमीमा फ्रान्सले १९९८ मा उपाधि उचालेको थियो । त्यही टोलीले २००० मा भने युरोकप जित्दै इतिहास लेखेको थियो ।

सन १९८६ मा समेत बेल्जियम सेमिफाईनलसम्मको यात्रा तय गरेको थियो । ५१ औं मिनेटमा एमटिटीले निर्णायक गोल गरेपछि फ्रान्सले विश्वकपको दोस्रो पटक उपाधि निकट पुगेको हो । एन्टोनी ग्रिजमनले हानेको कर्नर किकलाई उत्कृष्ठ हेड गर्दै सेकेण्ड बारमा फिनिसिङ गरेपछि फ्रान्सले तेस्रो पटक विश्वकपको फाईनल यात्रा तय गरेको हो । सन २०१६ मा युरोकप च्याम्पियनमा फाईनलमा पोर्चुगलसँग पराजित हुदै फ्रान्स उपाधि विहीन अवस्थामा थियो ।

बेल्जियम विश्वकपको १३ औं सस्करणसम्मको सहभागिता थियो । तर सेमिफाईनल भन्दा अगाडि जान भने सकेको छैन् । सन १९८६ मेक्सिकोमा आयोजित विश्वकपमा बेल्जियम चौथो स्थानमा चिक्त बुझाएको थियो । अहिले निकै भरपर्दो टोलीको रुपमा लिएपनि विश्वकपको फाईनल यात्रा तय गर्नबाट बन्चित हुन पुग्यो । त्यतिबेला बेल्जियम फ्रान्ससँग पराजित हुदैं चौथो स्थानमा खुम्चिएको थियो । ३२ वर्षअघि निर्धारित समयमा दुई दुई गोलको बराबरी खेल्दै खेल अतिरिक्त समयमा ४-२ गोलले पराजित हुदैं चौथो स्थानमा चिक्त बुझाउन बाध्य भएको थियो।

३२ वर्षपछिको भेटमा फ्रान्सले फेरी बेल्जियमलाई अतिरिक्त समयसम्म भने लैजान दिएन् । एमटिटीको उत्कृष्ट फिल्कि हेड गोलमा परिणतभएपछि उपाधि निकट पुगेको हो । फ्रान्सले उपाधिको लागि दोस्रो सेमिफाईनल क्रोएसिया तथा इग्ल्याण्डसँगको विजेतासँग खेल्ने छ । पराजित टोलीले बेल्जियमसँग तेस्रो स्थानको लागि भिड्ने छ ।

डियाने ब्रुनयेले मिलाईदिएको पासलाई रोमेलु लुकाकुले हेडिङ गर्न चुकेपछि बेल्जियमले बराबरीको अवसर गुमाउन पुग्यो । फ्रान्सका टिलिस्सोले समेत हानेको लो बललाई बेल्जियमका गोलकिपरले डाईभिङ सेभ गर्दै बेल्जियमलाई उर्जाशिल बनाई राखे । बैकल्पिक खेलाडी एनजोन्जीले खेल सकिने केही मिनेट अघिमात्रै हेडिङ गर्दै सेभ गरेपछि फ्रान्सलाई फाईनलको यात्रा सुरक्षित गराउन महत्वपूर्ण भूमिका खेले ।