
पोखरा(खेलाडी न्युज)-पश्चिमाञ्चल क्षेत्रीयस्तरीय टेवल टेनिस प्रतियोगिताको मेन्स र लेडिज सिंगल्स तर्फको उपाधिका लागि रुपन्देहीका खेलाडीद्वयले प्रतिस्पर्धा गर्ने छन् ।
क्षेत्रीय खेलकुद विकास समिति पोखराको आयोजना तथा कास्की जिल्ला टेबल टेनिस संघको संयोजनमा पोखरा रंगशालामा बुधबारदेखि आयोजित प्रतियोगितामा मेन्स सिंगल तर्फको सेमिफाईनलमा रुपन्देहीका कपिल थापाले कास्कीका रुक गुरुङलाई ११–८, ११–८ १२–१० को सेटले पराजित गर्दै फाईनल पक्का गरे । उनले उपाधिको लागि रुपन्देहीकै गोविन्द कौशलसँग प्रतिस्पर्धा गर्ने छन् । कौशलले पनि सेमिफाईनलमा कास्कीका सुमेश लामालाई ११–९, १२–१०, ६–११
र ११–७ को सेटमा चुनौतिलाई पन्छाउँदै उपाधि निकट पुगेका हुन् ।
त्यसैगरी लेडिज सिंगल्स तर्फको उपाधि पनि रुपन्देहीकै भागमा निश्चित हुन पुगेको छ । सेमिफाईनलमा कास्कीका खेलाडीलाई पराजित गर्दै रुपन्देहीका खेलाडीहरु फाईनल सुरक्षित बनाउँदै उपाधि पक्का गरेका हुन् । रुपन्देहीकी सुकृति श्रेष्ठले कास्कीकी कल्पना थापालाई ११–६, ११–२ र ११–४ को सोझो सेटमा पराजित गर्दै फाईनल सुरक्षित बनाईन् । रुपन्देहीकै अमृता थापाले कास्कीकी शान्ति थापामाथि पनि ११–६, ११–२ र ११–५ को सोझो सेटले पन्छाउँदै उपाधि रुपन्देही नै लैजाने निश्चित गरिन् ।
लेडिज डबल्स तर्फको फाईनलमा पनि रुपन्देहीका खेलाडीले आफनो प्रभुत्व कायम गरेका छन् । रुपन्देहीका सुकृति श्रेष्ठ र अमृता थापाको जोडीले नवलपरासीका प्रमिशा न्यौपानले र प्रतिमा खरेलको जोडीलाई ११–९, ११–१, ११–४ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गर्न सफल भए । त्यसै गरी अर्को सेमिफाइनल खेलमा स्याङजाका सेवा श्रेष्ठ र मोना थापाको जोडीले कास्कीका शान्ति थापा र कल्पना थापाको जोडीलाई ७–११, ११–४, १३–११, ५–११, १५–१३ क् । ो सेटमा पराजित गर्दै फाईनल पक्का गरेका हुन
मेन्स डबल्स तर्फको प्रतिस्पर्धामा पनि रुपन्देहीका गोविन्द कौशल र कपिल थापाले फाईनल सुरक्षित बनाउन नवलपरासीका समीर खत्री र विकास चापागाईको जोडीलाई ११–८, ११–८ र ११–४ को सेटले पराजित गरे । त्यसैगरी अर्को सेमिफाईनल प्रतिस्पर्धामा भने कास्कीका रुक गुरुङ र सुमेश लामाको जोडीले स्याङजाको दिपकराज गिरी र नविन गुरुङको जोडीमाथि पाँचै सेट खेल्दै कठिन जित दर्ता गर्ने क्रममा ११–९, ११–६, ८–११, ११–१३ र १ ११–४ को सेटको नजिता निकाल्दै फाईनल प्रवेश गरेको कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले जानकारी दिए । फाईनल आज बिहीबार हुने उनले बताए । file pic


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…