सविनलाई क्षेत्रीयस्तरीय बक्सिङमा स्वर्ण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २७ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- सामाजिक विकास मन्त्री नरदेवी पुनले गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नरदेबी पुनले प्रदेशलाई खेलकुद हबको रुपमा बिकास गर्ने बताएकी छन । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको आयोजनामा पोखरामा सुरु भएको क्षेत्रियस्तरिय महिला–पुरुष बक्सिङ र टेबुल टेनिस प्रतियोगिताको उद्घाटन गर्दै सरकारको लक्ष्य नै प्रदेशलाई खेलकुद हबको रुपमा बिकास गर्ने बताएकी हुन ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती प्रशिक्षण विभाग प्रमुख तथा वरिष्ठ बक्सिङ प्रशिक्षक विद्या मर्सानीलाई बक्सिङ गलभ्स् दिएर प्रतियोगिताको उद्घाटन गर्दै मन्त्रि पुनले भनिन– “प्रदेश सरकारले प्रदेशमा एक बहुउद्देश्यीय कभर्डहल, खेलकुद एकेडेमी, क्रिकेट स्टेडियम र गल्फ खेल गरि चार वटा कुरालाई प्राथमिकतामा राखेर ठोस र योजनाबद्ध तरिकाले काम बढाइरहेको छौं ।”

आर्थिक अभाबका कारण प्रतियोगिताहरुमा अन्य प्रदेशको तुलनामा गण्डकीको नतिजा खस्किएकोमा चिन्ता व्यक्त गर्दै मन्त्रि पुनले भनिन–“अब त्यसो हुन नदिन योजनावद्ध तरिकाले परिणाममुखी नतिजा ल्याउन व्यवस्थापन पक्षलाई चुस्त पार्ने छौं ।” मन्त्रि पुनले खेलकुदको बिकासका लागि दृढ इच्छा शक्ति आवश्यक रहेको धाराण राख्दै खेलाडीलाई आफ्नो खेलमा निरन्तरता दिंदै आत्मबलका साथ अगाडी बढन आग्रह समेत गरिन । उद्घाटन कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका काबा अध्यक्ष सम्पन्न श्रेष्ठले खेलकुदमा अनुशासन महत्वपूर्ण रहेको हुनाले अनुशासनलाई प्राथमिकतामा राखेर खेलाडीलाई प्रतियोगितामा खेल्न आग्रह गरे ।

पुरुष बक्सिङ तर्फ ६९ केजीमा कास्कीका सविन गुरुङले स्वर्ण पदक जितेका छन । बागलुङका रोशनलामाले वाक ओभर दिए पछि उनले उक्त तौल समुहमा पदक हासिल गरे । यसै गरि ५६ केजी तौलमा कास्कीका जेनिश गुरुङ र बागलुङका राजेश श्री मगरले फाइनलमा भिडन्त गर्नेछन । यसै गरि ६० केजी तौलमा कास्कीका दिनेश बानिया र नवलपरासीका छबीराज बोहोराले फाइनलमा स्थान बनाएका छन भने ६४ केजीमा कास्कीका अमृत गुरुङ कास्कीकै दिपक तिवारीसंग भिड्ने छन प्रतियोगितामा ८ जिल्लाका महिला–पुरुष विभन्न तौल समुहमा बक्सिङमा प्रतिष्पर्धा गर्नेछन । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, क्षेत्रिय खेलकुदका डम्मर बहादुर नेपाली लगाएतले धारणा राखेका थिए ।