
पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित विद्यालयस्तरीय एन्फा कप छात्रा फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार विन्ध्येश्वरीले नोवेल एकेडेमीलाई पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गरेको छ । ईसोना गुरुङको निर्णायक गोलमा विन्ध्येश्वरीले अन्तिम आठको स्थान सुरक्षित बनायो ।
पोखरा रंगशालामा भईरहेको प्रतियोगिताको अमरसिंह बोर्डिङले विद्या निकेतनमाथि गोलको वर्षा गरायो । अमरसिंहले विद्या निकेतनलाई ६–० को फराकिलो गोलले पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गरेको हो । यसैगरी चिल्डे«न्स एकेडेमीले अमरसिंह माविलाई १–० गोलले पराजित गरेको छ । अर्पिता गुरुङको निर्णायक गोलमा एकेडेमी अन्तिम आठमा पुग्न सफल भएको हो ।
यसैगरी छात्र तर्फको प्रतिस्पर्धामा न्यु लेखनाथ पब्लिकमाथि भद्रकाली मावि कुडँहरले ३–०ले पराजित गर्दै क्वार्टरफाईनल प्रवेश गरेको छ । भद्रकालीको जितमा दिनेश विकले ह्याट्रिक गर्न सफल भए । त्यस्तै कालिका मावि रामबजारका अर्जुन आलेको निर्णायक गोलमा बेसलाईन एकेडेमीलाई १–० गोलले पराजित गर्दै अन्तिम आठमा प्रवेश गर्यो ।
शिवशक्ति माविलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै बालकल्याण बोर्डिङ अन्तिम आठमा प्रवेश गरेको छ । शिवशक्तिका अविनाश श्रेष्ठले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि शिवशक्ति दशजनामा सीमित हुन पुगेको थियो । अन्तिम खेलमा सैनिक माविले एसओएस हरमन माईनरलाई ४–० गोलले पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गरेको छ ।
तस्बिर उमेश पुन ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…