
पिटर्सबर्ग (एजेन्सी)– खेल जित्नका लागि खेलिन्छ । तर यी दुवै देशले भने विश्वकपमा हार्नका लागि खेल्दै आफनो विश्वकप यात्रालाई अगाडि बढाए । तिनै देश बेल्जियम र इग्ल्याण्ड बीच रसियामा जारी विश्वकपमा आज तेस्रो स्थानका लागि खेल्दै छन् ।
लिगचरणमा बेल्जियम र इग्ल्याण्डले एकापसमा हार्नका लागि खेले । तर जित भने बेल्जियमले निकाल्यो । क्र्वाटरफाईनलमा ब्राजिललाई पन्छाउँदै सेमिफाईनल यात्रा बेल्जियमले तय गर्यो । उता इग्ल्याण्डले पनि स्वीडेनलाई पराजित गर्दै सेमिफाईनल यात्रा तय गर्यो । बेल्जियम फ्रान्ससँग हार्यो । इग्ल्याण्ड क्रोएसियासँग पराजित हुदैं तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्न फेरी एक पटक आमने सामनेको स्थितिमा रहे ।
आज दुवैलाई जितको खाँचो छ । एकले अर्कोलाई कुनैपनि हालतमा पराजित गर्दै तेस्रो स्थानमा रहदै विश्वकपको चार वर्षे यात्रालाई विट मार्ने छन् । इग्ल्याण्डले बेल्जियमसँग लिगचरणमा हारको बदला लिने अवसर छ भने बेल्जियमले आफनो सुनौलो युवापुस्ताको बास्तविक परिक्षालाई मुर्त रुप दिदैं तेस्रो स्थान कब्जा गर्ने अन्तिम लक्ष्य ठान्ने छ ।
नेपाली समय अनुसार आज राती ७ः४५ बजे सेन्ट पिटर्सबर्ग स्टेडियममा प्रतिस्पार्धा हुनेछ । दोस्रो पटकको भेटमा बाजी मार्ने रणनीति दुवैले बनाईरहेका छन् । गोल्डेन जेनेरेसन मानिएको बेल्जियम टोलीले इङ्ल्यान्डलाई १–० ले हराउँदै समूह ‘जी’ को विजेता बनेको थियो । इङ्ल्यान्ड समूह उपविजेताका रुपमा नकआउट चरणमा पुगेको थियो ।
समूह चरणको त्यो अन्तिम खेलमा दुवै टोलीले दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उत्रारेको थियो । एडनान यानुजाईको एकमात्र गोलमा बेल्जियम विजयी भएको थियो । फाइनल पुग्न असफल भएपछि दुवै टोली विश्व कपबाट कम्तीमा तेस्रो भएर फर्कने लक्ष्यमा छन् ।
समूह चरणमा इंग्ल्यान्डलाई पराजित गरिसकेका कारण बेल्जियम यसपटक पनि सफल नतिजा निस्कानेमा आशावादी छ । इङ्ल्यान्डले समूह चरणमा बेहोरेको हारको बदला लिने योजनामा हुनेछ । फर्ममा रहेका तथा गोल्डेनबुटका दाबेदार कप्तान ह्यारी केन खेलमा चल्न सके इंग्ल्यान्डले समूह चरणमा बेहोरेको हारको बदला लिने सम्भावना रहन्छ । केन ६ गोलसहित गोल्डेनबुटको दाबीमा अग्रस्थानमा छन् । फ्रान्स र क्रोएसियाबीच फाइनल आइतबार हुनेछ । फ्रान्स दोस्रो पटक विश्वकप जित्ने योजनामा रहँदा क्रोएसिया पहिलोपटक विश्वकप जित्ने इतिहास रच्ने योजनामा हुनेछ ।-


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…