
पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला फुटबल संघको टिम कास्की ११ ले १४ औं सस्करणको भाुन कपको उपाधि उचालेको छ । भन्सार युवा परिवारको आयोजनामा तनहुँको डुम्रेबजारस्थित भन्सार खेलमैदानमा सञ्चालित नाईन ए साइड फुटबल प्रतियोगिताको उपाधि कास्की ११ ले उचाल्यो । स्थानीय कालिका युवा क्लबलाई सडन डेथमा पराजित गर्दै कास्कीले १ लाख ५० हजार नगदराशीको ट्रफी उचाल्दै पोखरा भित्रयायो ।
निर्धारित समयमा १–१ गोलको बराबरी पछि खेल सिधै पेनाल्टी सुटआउटमा निर्णय गरिएको थियो । पहिलो पाँच जनाको प्रहार ४–४ गोल भएपछि खेल सडन डेथमा धकेलियो । सडन डेथमा कास्कीले ६–५ को स्थितिमा जित्दै उपाधि चुम्न सफल भयो । पेनाल्टीमा कास्की ११ का दुई खेलाडीले गुमाउँदा कालिका युथका तीन खेलाडीले पेनाल्टी खेर फाले ।
निर्धारित ४०–४० मिनेटको खेलमा पहिलो हाफमा विमल रानाको गोलबाट अग्रता लिएको कास्कीले दोस्रो हाफमा बराबरी खेल्दै पेनाल्ट सुटआउटमा पुगेको थियो ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता कास्कीका अजित गुरुङ हुदै मोवाईल सेट र ट्रफी तथा उत्कृष्ठ गोलकिपर पनि कास्कीकै दिप कार्की घोषित भएको कास्की ११का कप्तान उत्तम गुरुङले जानकारी दिए । उनले ग्लोब्स र मोवाईल पुरस्कार स्वरुप पाए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…