
पोखरा(खेलाडी न्युज)-एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताको दोस्रो सस्करणको अन्तरिक तयारी भईरहदाँ विदेशी खेलाडी अनुबन्धन शुरु गरिएको छ । संयुक्त अरब इमिरेट्स(युएई)का कप्तान रोहन मुस्तफालाई काठमाडौ किग्ंस ११ ले आफनो टोलीमा अनुबन्धन गरेको छ ।
मुस्तफाले युएईबाट ५० खेल खेलिरहेको छन् । जसमा टी ट्वान्टी र एकदिवसीय खेल समावेश छन् । उनी आधुनिक क्रिकेटका हस्ती नै हुन् । उनी व्याट्सम्यान भएपनि अलराउण्डर खेल्न सक्ने क्षमता राख्दछन् । रोहनले नेपालमा फेरी एक पटक खेल्न पाएको खुशी व्यक्त गरेका छन् । मुस्तफा बाँये हाते व्याट्सम्यान हुन् । बलिङ स्टाईल भने दायाँ हाते स्लो बलर हुन् । काठमाडौं किग्स ११ को र्माक्यु खेलाडी भने सोमपाल कामी हुन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…