
पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित एन्फा कप फुटबल प्रतियोगिताको छात्र तर्फ सैनिक आवासिय मावि याम्पियन हुदाँ छात्रा तर्फको उपाधि चिल्ड्रेन्स एकेडेमीले जितेको छ ।
पोखरा रंगशालामा सोमबार भएको फाईनलमा छात्र तर्फ सैनिकले अमरसिंह माविलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्यो । निर्धारित समयमा गोलरहित टुंगिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । सैनिकका लागि अभिषेक गुरुङ, सागर मल्ल ठकुरी, दिनेश अधिकारी, अर्यानजंग राना र यारन गुरुङको प्रहार गोल भएको थियो भने सलोन श्रेष्ठको प्रहार सेभ हुन पुग्यो । उता अमरसिंहका प्रकाश खाँड खवास, मनोज नेपाली, आयुष्मान गुरुङ, रमेश तामाङको प्रहार गोल भएको थियो । निशान तामाङ र सागर सिग्देलको प्रहार खेर गएको थियो ।
छात्रा तर्फको प्रतिस्पर्धामा चिल्ड्रेन्स एकेडेमीले ताराकुन्ज बोर्डिंङलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि आफनो नाममा लेखायो । चिल्ड्रेन्सका लागि संगीता ठकुरी, अप्रिता गुरुङ, कल्पना नेपालीले गोल गरेका थिए । सुजिता गुरुङले ताराकुन्जको लागि पेनाल्टीमा सान्त्वना गोल गरिन् । छात्र तर्फ टप्स चार्ली श्रेष्ठ घोषित भए । सर्वाधिक गोलकर्तामा टप्सका राज गुरुङ घोषित भए । छात्रा तर्फ चिल्डे«ेन्स एकेडेमीकी अप्रिता गुरुङ बेष्ट र सर्वाधिक गोलकर्तामा अमरसिंहकी सन्दिका गुरुङ घोषित भईन् ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन, प्रदेशका सांसद दिपक कोईराला, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष चन्द्र गुरुङलगायतले नगदसहित ट्रफी पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । विजेताले छात्र तर्फ नगद १५ र उपविजेताले १० हजार रुपैयाँ पाए । छात्रा तर्फ भने विजेता स्कलले १० र उपविजेताले ७ हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा छात्र तर्फ ३७ र छात्रा तर्फ १३ टिमको सहभागिता रहेको थियो । तस्बिर उमेश पुन ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…