
एजेन्सी-रियल मड्रिडबाट इटालियन क्लब युभेण्ट्समा आवद्ध भएका रोनाल्डोलाई क्लबले सार्वजनिक गरेको छ । मेडिकल चेकअपपछि क्लबको जर्सीसँगै उनी सार्वजनिक भएका हुन् । उनले युभेण्ट्सबाट जर्सी नं ७ लगाएर मैदानमा उत्रिने छ ।
क्लब जर्सीसँगै सार्वजनिक भए लगत्तै उनको नम्बर अंकित जर्सी धमाधम विक्री भएको छ । १० करोड ५० लाख युरो तिरेर रोनाल्डोलाई किनेको युभेन्ट्सले पहिलो दिन नै रोनाल्डो अंकित ५ लाख २० हजार वटा जर्सी बेचेको छ । सन् २०१६ मा युभेन्ट्सका सबै खेलाडीका जर्सी जम्मा ८ लाख ५० हजारमात्र बिकेका थिए।
इटालीका सञ्चारमाध्यमका अनुसार युभेन्ट्सका एउटा आधिकारिक जर्सी १०४ युरोमा बिक्री हुन्छ भने तिनका प्रतिलिपीको ४५ युरो पर्छ। रोनाल्डोका सबै जर्सी प्रतिलिपी मात्रै बेचेको भए पनि युभेन्ट्सले पहिलो दिनमै ३ करोड ५८ लाख युरो कमाएको छ। यो रकम रोनाल्डोको अनुमानित वार्षिक पारिश्रमिक ६ करोड युरोको आधाभन्दा बढी हो। यदि यी सबै जर्सी आधिकारिक हुन् भने युभेन्ट्सको कमाइ ८ करोड २६ लाख युरो पुग्छ।
सोमबार रोनाल्डोलाई युभेन्ट्सले ट्युरिनमा सार्वजनिक गर्दा क्लबका धेरै प्रशंसकहरू ७ नम्बरको जर्सी लगाएर आएका थिए। उनले चार वर्षको लागि सम्झौता गरेका छन् । ‘मलाई रियल छोड्दा कुनै दुःख लागेको छैन । म यहाँ चुनौतिका लागि आएको हु,’ उनले भने, ‘मेरो उमेरका खेलाडी चीन वा अन्य जान्छ । तर, युभेन्ट्सले मलाई यो मौका दिएको छ, त्यसका लागि धन्यवाद दिन चाहन्छु ।’
उनले आफु स्तरीय खेलाडी भएको देखाउन प्रयास गर्ने पनि बताए । ‘म कडा मेहनत गर्छु । मेरो तथ्याङ तपाईहरुलाई थाहा छ । म महत्वकांक्षी छु । मलाई सहज क्षेत्र चाहिएको छैन,’ उनले थपे, ‘म्यानचेस्टर युनाइटेड र रियल पछि युभेन्ट्समा इतिहास बनाउन आएको छु ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…