
पोखरा(खेलाडी न्युज)झण्डै डेढ दशक नेपाली क्रिकेटमा बिताएका क्रिकेट लेजेण्ड शक्ति गौचनले अन्तराष्ट््िरय क्रिकेटबाट सन्यास लिएका छन् । सम्भवत उनको इङ्ल्यान्ड र नेदरल्यान्ड्स भ्रमण राष्ट्रिय टोलीबाट अन्तिम विदेश भ्रमण हुने छ । घरेलु मैदानमा एउटा अन्तर्राष्ट्रिय खेलमार्फत फेयरवेल लिने उनको चाहना भने रहेको बताएका छन् ।
नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएर पहिलोपटक इंग्ल्यान्ड र नेदरल्यान्ड भ्रमणमा जानु एक दिनअघि शक्तिले घरेलु मैदानमा कुनै एक प्रतियोगिता खेलेर सन्यास लिने चाहना सुनाए । सन्यासको घोषणासँगै नेपाली टिमको विदेश भ्रमणको खेलमा ‘शक्ति दि पावर’ उपनामले परिचित गौचनको इंग्ल्यान्ड र नेदरल्यान्ड भ्रमण अन्तिम भ्रमण हुनेछ ।
लर्डस र नेदरल्याण्डको भ्रमण गौचनको अन्तिम विदेश यात्रा हुनेछ । सन्यासको घोषणा गर्दै शक्तिले नेदरल्याण्डको भ्रमण आफ्नो अन्तिम अन्तर्राष्ट्रिय भ्रमण हुने स्पष्ट पारे । इंग्ल्यान्ड भ्रमण अघि विदाईमा मंगलबार गौचनले भने, ‘आफ्ना लागि सन्यास लिने यो उपयुक्त समय हो । नेपाली क्रिकेट टोलीमा १६ बर्ष बिताएका गौचनले सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीमा ओमानविरुद्ध खेल्दै राष्ट्रिय टिमबाट ‘डेब्यू’ गरेका थिए ।
राष्ट्रिय टोलीमा डेब्यु गर्नुअघि गौचनले यू–१७ टोलीको कप्तानी र यू–१९ टोलीबाट खेलेका थिए । गौचन नेपाली टिमबाट १ हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक विकेट लिने पहिलो र अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी हुन् । भैरहवाबाट आफनो क्रिकेटको करियर शुरु गरेको गौचनले क्रिकेटको क ख रा भने भारतको मुम्बईबाट थालेका हुन् । केही समय अघि मात्रै उनले पोखरा राईनोसको कप्तानी गर्दै फेन्जाईज टोलीबाट क्रिकेट खेलेका थिए । pic- ekantipur


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…