
पोखरा(खेलाडी न्युज)-दुई संस्थाबीच टाईटलमा देखिएको विवादपछि यही साउन १९ गते हुने मिष्टर पोखराको नाम अगाडि एनएफबीएफ लेखिने भएको छ । मिष्टर पोखरा पोखरा शारीरिक सुगठन तथा फिटनेस संघले गर्दै आएको थियो । संघले मिष्टर प्रोखराको छैटौं संस्करण आयोजना गरिसकेको छ । त्यही नाममा फेरी कास्की बडिबिल्डिङ तथा फिटनेस संघले प्रतियोगिता आयोजना गर्ने जनाएपछि विवाद उत्पन्न भएको थियो । तर मिष्टर पोखराको अगाडि एनएफबीएफ थप्ने निर्णय गरेपछि विवाद साम्य भएको थियो ।
कास्की बडि बिल्डिङ तथा फिटनेस संघ नेप्लिज फेडेरेशन अफ बडि बिल्डिङ एण्ड फिटनेस(एनएफबीएफ)को जिल्ला शाखा हो । इन्टरनेशनल फेडेरसन अफ बडि बिल्डिङ (आईएफबीबी) अन्तर्गत एनएफबीएफ रहेको छ । संघले यही साउन १९ गते एनएफबीएफ प्रथम मिष्टर पोखरा आयोजना गर्दै छ । चारदिनपछि पोखराको सभागृह हलमा आयोजना हुने एनएफबीएफ प्रथम मिष्टर पोखराको आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । कास्की बडिविल्डिङ तथा फिटनेस एशोसियनसनको आयोजनामा साउन १९ गते हुने प्रदेशस्तरीय शारीरिक सुगठन च्याम्पियनसिपमा विभिन्न तौल समूहमा ७७ जना खेलाडीले सहभागिता जनाउने एशोसियसनले जनाएको छ ।
एशोसियसनका अध्यक्ष राजुकुमार थापाका अनुसार ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गराईने छ । प्रत्येक तौल समूहको विजेताले ओभरअलमा प्रतिस्पर्धा गर्ने पाउने छन् । ओभरअल प्रतिस्पर्धाका विजेताले टाईटलसहित नगद ५० हजार पुरस्कार थाप्ने छन ।
प्रत्येक तौल समूहमा प्रथम हुने खेलाडीले नगद १० हजार पाउने छन् । समूहमा दोस्रो हुनेले नगद ७ हजार र समूहगत तेस्रो हुने खेलाडीको भागमा भने नगद ५ हजार रुपैयाँ पर्ने छ । प्रतियोगिता गण्डकी प्रदेश र प्रदेश नं ५ का खेलाडीहरुले सहभागिताा जाउने एशोसियनले जनाएको छ । एशोसियसनले खेलाडीलाई लक्षित गर्दै निशुल्क पोजिङ प्रशिक्षण समेत दिदैं आएको छ । जिल्ला खेलकुद विकास समितिका शारीरिक सुगठनका सहायक प्रशिक्षक जीवन घिमिरेले पोजिङको प्रशिक्षण गराउँदै आएका छन् । यही साउन १८ गते प्रि जजिङ गरिने छ । खेलाडीले १७ गतेभित्रमा आफनो तौल समूहसँगै नाम दर्ता र गराईसक्नुपर्ने संघले जनाएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…