
पोखरा(खेलाडी न्युज)-एशियाडको लागि नेपाली टोली इण्डोनेसिया प्रस्थान गर्ने अन्तिम तयारी भईरहेको छ । राजधानी जकार्तामा आयोजना हुने एशियन गेम्सको लागि नेपाली टोलीले फरक फरक ठाँउमा रहेर पदकको लागि भिड्ने तिब्र प्रशिक्षणरत छन् । कोही पोखरामा छन् । कोही काठमाडौं त कोही वैदेशिक प्रशिक्षणमा व्यस्त छन् । अगष्ट १८ देखि सेप्टेम्बर २ तारिखसम्म इण्डोनेसियामा एशियन प्रतियोगिता हुदैै छ ।
इण्डोनेसिया जाने टोलीमा प्याराग्लाईडिङको सिंगो टिम पोखराको छ । महिला एकजना खेलाडी गोर्खाकै छिन् । तर बाँकी सबै खेलाडी महिला तथा पुरुष टिममा पोखरेली खेलाडीको बर्चस्व छ । प्याराग्लाईडिङबाटै नेपालले पदकको आशा गरेको छ । स्वयं खेलाडीहरु पनि पदक जित्ने आशावादी बनेका छन् । त्यो बाहेक विभिन्न खेलको प्रतिनिधित्व गर्दै पोखरेली खेलाडीले इण्डोनेसियाको विभिन्न एरिनामा आफुलाई उभ्याउँने छन् । फुटबल, आर्चरी, पुरुष भलिबल, गल्फ जस्ता खेलमा पोखरेली खेलाडीले उपस्थिति जनाउने छन् ।
प्याराग्लाईडिङ–इण्डोनेसियामा हुने खेल मध्ये प्याराग्लाईडिङ पनि एक हो । जसमा नेपालले समेत आफुलाई प्रतिस्पर्धामा उतारेको छ । खरो उत्रिने क्रममा पोखरामा यतिबेला नियमित प्रशिक्षणमा व्यस्त छ । खेलाडी अधिकांश कास्कीकै छन् । सिनियरदेखि जुनियरसम्मका खेलाडीलाई समावेश गर्दै प्याारग्लाइडिङको टिम तयार गरिएको छ ।
प्याराग्लाईडिङ पोखराबाटै शुरुवात भएको हो । सन १९९६ देखि पोखरामा प्याराग्लाइडिङको शुरुवात भएको हो । त्यसले व्यवसायिक रुप भने दुईवर्षपछि लियो । त्यही वर्षदेखि पोखरामा प्याराग्लाईडिङ च्याम्पियनसिप समेत हुदैं आएको छ । च्याम्पियनसिपमा स्वदेशी तथा विदेशी प्याराग्लाईडिङ पाईलटसँगै प्रतिस्पर्धा हुदैं आएको छ । विदेशीसँगको प्रतिस्पर्धामा पोखरेली पाईलटले खरो उत्रिदैं उपाधि हत्याउने अभियानमा जुट्दै आएका छन् । उपाधिको लक्ष्यसहित जकार्ता जाने तयारीमा छ प्याराग्लाईडिङको टिम ।
टिमको नेतृत्व गर्दै छन विमल अधिकारीले । उनीसँगै विशाल थापा, युकेश गुरुङ, विजय गौतम, शुशिल गुरुङ पुरुष तर्फ प्रतिस्पर्धा उत्रिदैै छन् । महिला तर्फ भने त्रिशा श्रेष्ठ र प्रतिभा भुजेलसँगै गोरखाकी सविता तामाङ छिन् । उनी बाहेक सबै खेलाडी कास्कीकै हुन् । कप्तान अधिकारी एक्ला प्याराग्लाइडिङ पाईलट हुन जसले सन २०१५ मा कोलम्बियामा आयोजित प्याराग्लाईडिङ वल्र्ड च्याम्पियनसिप सहभागि भएका एकमात्र नेपाली पाईलट हुन् । ‘प्याराग्लाईडिङ गरेको १५ वर्ष वित्यो ।’ उनले एशियन गेम्सको तयारी बारे सुनाउँदै भने–‘इण्डोनेसियामै टिम इभेण्टमा स्वर्ण पदक जितेका थियौं । अहिले पनि त्यही उपाधि रक्षा गर्ने लक्ष्य टिमको छ ।’ नेपाली टिमले सन २०१६ मा इण्डोनेसियामा आयोजित प्याराग्लाइडिङमा टिम इभेण्टमा स्वर्ण पदक जितेको थियो ।
उनकै टोलीका सदस्य विशाल थापा भने सबैभन्दा कम उमेरका प्याराग्लाईडिङ पाईलट हुन् । उनी भर्खर १६ वर्ष मात्रै पुगेका छन् । एसईई परीक्षा सकेर बसेका थापाले उडान शुरु गरेको पनि ३ वर्ष मात्रै भयो । यद्यपी उनी एशियन कप प्याराग्लाईडिङ च्याम्पियनसिपमा दोस्रो बनेका थिए । चीनमा आयोजित फ्रि प्याराग्लाईडिङ च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेका थिए ।
ईम राना (भलिबल–पुरुष)–जकार्ता जाने खेलाडीको सूचीमा ईम रानाको नाम पनि छ । उनी नेपाली पुरुष भलिबल राष्ट्रिय टोलीका कप्तान समेत हुन् । कास्कीको रुपाकोट गाँउपालिकामा जन्मिएका रानाले ४१ वर्षपछि माल्दिभ्समा आयोजित तेस्रो सेन्टरजोन भलिबल प्रतियोगितामा ऐतिहासिक तेस्रो स्थान हासिल गर्दा पुरुष टोलीको कप्तानी भूमिका निभाएका थिए ।
नेपाल पुलिस क्लबमा आवद्ध उनी पुरुष टोलीका सफल कप्तान हुन् । नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको सफलताको कथा उनीसँगै जोडिएर आउँछ । झण्डै डेढदशकदेखि नेपाल प्रहरीमा सेवारत उनी भलिबलका अनुभवी खेलाडी हुन् । ३२ वर्षिय उनी दोस्रो, चौथो सेन्टर जोन भलिबल प्रतियोगिता खेलिसकेका छन् । दुई पटक साग गेम्सको भलिबल कोर्टमा आफुलाई उभ्याईसकेका छन् ।
हेमन गुरुङ(फुटबल–पुरुष)–नेपाली फुटबलले पनि दक्षिण एशियाली देशमा आफनो प्रभुत्वलाई भने कायमै राखेको छ । घरेलु मैदानमा उपाधि जित्न नसकेपनि विदेशी भूमिमा भने उपाधि जितेर फुटबलको गरिमामय छविलाई जोगाईराखेका छन् । फुटबल टिम यतिबेला एशियन गेम्सको तयारीमा छ । टिम नियमित प्रशिक्षणमा छ । टिममा पोखरेली खेलाडीहेमन गुरुङले पनि आफुलाई टिममा समावेश गरेका छन् ।

पोखराको रामबजारमा जन्मिएका गुरुङ अखिल नेपाल फुटबल संघ(एन्फा)को एकेडेमीबाट उत्पादित खेलाडी हुन् । होचा कदका उनी मिडफिल्डका भरपर्दा खेलाडी हुन् । सटिक पास दिन सक्ने क्षमता र स्कील खेलाडीको सूचीमा दरिएका गुरुङ भर्खरै २४ वर्ष मात्रै पुगेका छन् । क्लबस्तरीय फुटबलमा अमिट छाप छोड्न सफल उनी राष्ट्रिय टोलीमा पनि अपरिहार्य जस्तै भएका छन् । यु २३ साफ च्याम्पियनसिपमा स्वर्ण पदक र मलेसियामा आयोजित एफसी सोलिडारीटि कप उचाल्दा उनी महत्वपूर्ण खेलाडीको रुपमा मैदानमा थिए ।
अशिम शेरचन(आर्चरी)–आर्चरीमा अशिम शेरचनको नाम कमैलाई मात्रै थाहा नहोला । तर उनी आर्चरीका कास्कीका बादशाह नै हुन् । हरेक राष्ट्रि तथा अन्तर्राष्ट्रिय सहभागितामा उनको नाम अगाडि नै आउँछ । अनुभवी खेलाडी हुन् । आगामी फागुनमा साग गेम्सको आर्चरी खेल पोखरा रंगशालामा आयोजना हुने निश्चितप्राय छ । त्यसको आवश्यक भौतिक पुर्वाधार तयारी भईसकेको छ ।
साग गेम्स भन्दा अघि उनी इण्डोनेसियामा आफनो प्रदर्शनलाई सुधार्ने लक्ष्यमा छन् । पोखरेली शेरचनले अनुसार इण्डोनेसियामा आर्चरीबाट सहभागि हुने एक्ला पोखरेली खेलाडी हुन् । काठमाडौंमा आयोजित पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट उनले आर्चरीमा डेब्यु गरेका हुन् । त्यसपछि आर्चरीमा उनको यात्राले रफ्तार लियो । ११ औं दक्षिण एशियाली खेलुकद प्रतियोगिता बंगलादेशमा आर्चरी टिम इभेण्टमा कास्य पदक जित्दा उनी महत्वपूर्ण खेलाडीको रुपमा थिए ।
अजित विक (गल्फ)–गल्फ एशियाड खेल्ने टोलीमा कास्कीका अजित विक पनि छन् । लक्ष्य प्रदर्शन सुधार गर्ने हो । त्यसैको लागि बैदेशिक प्रशिक्षणमा गल्फ टोली प्रस्थान गरेको छ । कास्कीको लेखनाथस्थित रिठेपानीका विकको गल्फ करियर भने पोखरा १४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षबाट शुरु भएको हो ।
नेपाल गल्फ संघको एकेडेमीमा रहेर गल्फमा आफनो करियर खोज्न थालेका विक भर्खरै २२ वर्ष मात्रै टेकेका छन् । १४ वर्षको उमेरदेखि हिमालयन गल्फ कोर्षमा ग्रिनमा पटिङ गर्न शुरु गरेका विक जुनियर च्याम्पियन समेत हुन् । गल्फमै रुमलिएका उनी तीन वर्ष विदेश समेत विताए । त्यसपछि फेरी फर्किएर गल्फमै आफनो ध्यान लगाउन शुरु गरे । दुई महिना अघि मात्रै सुर्य नेपाल ओपन गल्फमा आफनो उपस्थिति समेत जनाईसकेको विक गल्फका सम्भाव्य बोकेका खेलाडीको सूचीमा छन् ।
अभिषेक बास्तोला (लन टेनिस)– उनको बसाई पोखराभन्दा बढी बाहिर नै छ । लन टेनिसमा करियर बनाउन पाईला चालेका अभिषेक बास्तोला एशियाडमा जाने पोखरेली खेलाडीको सूचीमा छन् । अमेरिकामा अध्ययनसँगै टेनिस प्रशिक्षणमा व्यस्त बास्तोला विश्वका उत्कृष्ठ टेनिस खेलाडीसँग प्रतिस्पर्धा गर्ने छन् ।
पारिवारिक सपोर्टमा खेल्न थालेका उनी सम्भवत लन टेनिसमा एशियाड खेल्ने उनी पोखरेली दोस्रो खेलाडी हुन् । उनी भन्दा अघि कुमार अधिकारीले एशियाड, साग गेम्समा खेले । पछिल्लो युवा पुस्तामा अभिषेक बास्तोला शीर्षस्थानमै छन् । लन टेनिसका खेलाडी अनुज बास्तोलाका छोरा हुन् । पारिवारिक पृष्ठभूमि समेत टेनिस भएकोले अभिषेकलाई टेनिसप्रेति प्रेरित समेत परिवारले नै गरायो । वैदेशिक प्रशिक्षणमा व्यस्त अभिषेकले एशियाडमा उत्कृष्ठ प्रदर्शन गर्ने आशा र विश्वास कास्की जिल्ला टेनिस संघले लिएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…