
रामजीप्रसाद वज्राचार्य
काठमाडौं-क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद वज्राचार्यको मंगलबार निधन भएको छ । उनको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण निधन भएको हो । गत १६ गते कोरोना संक्रमित भएपछि वज्राचार्यलाई उपचारका लागि गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएको थियो ।
स्वास्थ्य स्थिति खराब भएपछि गत १९ गते वज्राचार्यलाई थप उपचारका लागि नेपाल एपीएफ अस्पतालमा भेन्टिलेटरमा राखि उपचार गरिएको क्योकुसिनका पूर्व खेलाडी समेत रहेका ग्वान्झाव एसियाडमा नेपाललाई एक मात्र पदक (कांस्य) दिलाएका बक्सिङका दीपक महर्जनले जनाएका छन् ।
स्व। वज्राचार्यले सन् १९८२ मा सिंगापुर र १९८४ मा इन्डोनेसियामा भएको अल एसिया फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । इन्डोसिनामा उनले कांस्य पदक जितेको क्योकुसिन करातेका संस्थापक जगतप्रदान गौचनले जनाएका छन् ।
२०३९ सालदेखि क्योकुसिन कराते खेल्न थालेका स्व। वज्राचार्य २ पटक आफ्नो तौलसमूहमा राष्ट्रिय च्याम्पियन बनेका थिए । नेपाल फुल कन्ट्याक्ट कराते महासंघका वरिष्ठ उपाध्यक्ष स्व। वज्राचार्यको २०१२ साल बैशाख २६ गते ललितपुरको सातदोबाटोमा जन्म भएको थियो । स्व। वज्राचार्यका श्रीमति, १ छोरा र २ छोरी छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…