
एजेन्सी—स्टोक सिटीको चुनौतिलाई २—१ गोलले पन्छाउँदै टोटनह्याम हट्सपर इग्ंिलस प्रिमियर लिगको लिभरपुलसँगै समान ६७ अंकमा पुगेको छ । यद्यपी गोल अन्तरले टोटनह्याम भने चौथो स्थानमै रहेको छ ।
तर टोटनह्यामले एक खेल कम खेलेको छ । लिभरपुल ३३ खेलसँगै ६७ अंक छ भने टोटनह्याम ३२ खेलको समाप्तीमा ६७ अंकमै रहेको छ । पहिलो हाफसम्म टोटनह्यामको प्रहारलाई रोक्न सफल भएको स्टोक सिटी भने दोस्रो हाफमा भएका केही कमजोरीमा गोलको सामना गर्न पुग्यो ।
क्रिष्टियन एरिकसनको गोलबाट लिएको अग्रतालाई टोटनह्यामले धेरैबेर राख्न सकेन् । ५२ औं मिनेटमा गोल गर्दै दबावमा राखेपनि ५७ औं मिनेटमा मामे डियोफको गोलबाट बराबरी रोक्यो । डेले एल्लीको पासमा एरिकसनले गोल गरेका थिए ।
बराबरीको यात्रा पनि लामो समयसम्म रहन सकेन् । ह्यारी केनले ६३ औं मिनेटमा अर्को गोल थपेपछि टोटनह्यामले फेरी अग्रता लिदैं स्पष्ट तीन अंक जोड्यो । केनले एरिकसनले उपलब्ध गराईदिएको पासमा एकान्तमा रहेको अवस्थाबाट गोल गर्दै जितसम्म डोर्याए । बलमाथिको नियन्त्रण समेत झण्डै दोब्बर थियो । टोटनह्याम ६७—३३ (स्टोक सिटी) प्रतिशतको अवस्थामा रहेको थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…