
एजेन्सी—ब्राजिलका फुटबल लेजेण्ड रोनाल्डिन्होले आगामी केही वर्षभित्रमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले च्याम्पियन्स लिग जित्ने बताएका छन् ।
पिएसजी च्याम्पियन्स लिगको प्रिक्र्वाटर फाईनल चरण (१६) बाट आउट भएको थियो । सर्वाधिक लिग च्याम्पियन रियल मड्रिडसँग दुवै लेगमा पराजित हुदैं बाहिरिएपछि रोनाल्डिन्होले यस्तो अभिव्यक्ति दिएका हु्न । पिएसजीकै पुर्व खेलाडी समेत रहेको उनले भने—फुटबलमा कुनै खेलाडीलाई सम्झौता गर्दा टिमले जित्छ । मेरो विचारमा आगामी केही वर्षमा पिएसजीले पनि च्याम्पियन्स लिग जित्ने छ ।
ब्राजिलियन रोनाल्डिन्होको भनाईले आफनै देशका खेलाडी नेयारको बचाउ गरेको संकेत देखिन्छ । बार्सिलोनाबाट १९८ मिमिलयन पाउण्डमा नेयर पिएसजी ट्रान्सफर भएका हुन् । उनीसँगै केलियन एमबाप्पे समेत पिएसजीमा आवद्ध भएका छन् । रोनाल्डिन्होले रियल अहिले निकै राम्रो अवस्थामा भएको उल्लेख गर्दै च्याम्पियन्स लिगमा युभेण्ट्स विरुद्धको सेमिफाईनलको पहिलो लेगमा ३—० ले पराजित गर्नुले प्रष्ट भएको बताए ।
उनले च्याम्पियन्स लिगमा भईरहेका क्लबहरु उत्कृष्ठ रहेको बताए । उनले पिएसजीमा २००१—०३ को सिजन विताएका थिए । त्यसपछि उनी बार्सिलोना गएका थिए । जहाँ उनले २००६ मा च्याम्पियन्स लिग जितेका थिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…