
highest prize money 7 a side tournamet
पोखरा, (खेलाडी न्युज)-एक वर्षभित्रमा पोखरामा सेभेन ए साईड फुटबल प्रतियोगिता दुईदर्जन भन्दा बढी हुन्छन् । वर्षेनी आयोजना हुने फुटबलले खेलाडीलाई व्यस्तता बनाईदिएको छ । प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउने धुनमा पुरस्कार राशीमा समेत बृद्धि हुदैं आएको छ । आगामी बैशाख पहिलो साता पोखराकै सर्वाधिक पुरस्कार राशीको सेभेन ए साईड फुटबल प्रतियोगिता हुदैं छ ।
बौद्ध शान्ति क्लव, पोेखरा–१०, रामघाटको आयोजनामा आगामी बैशाख ६ गतेदेखि अम्मरसिंह खेल मैदानमा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता खेलाउने छ । ‘युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं, स्वास्थ्य र अनुशासित समाज निर्माण गरौं’ भन्ने मुल नाराका साथ हुन लागेको प्रतियोगिताको उपाधी विजेता टिमले हाल सम्मकै उच्च नगद पुरस्कार २ लाख २५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्नेछ ।
दोश्रो स्थान हाँसिल गर्ने टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैया सहित शिल्ड मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने क्लवद्वारा बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर, सर्वाधिक गोलकर्तालाई नगद ५ हजार सहित ट्रफि तथा अनुशासित टोलीलाई ट्रफि प्रमाणपत्रले पुरस्कृत गरिने पनि सो अवसरमा जानकारी दिइयो ।
क्लवका अध्यक्ष रोशन गुरुङ्गका हजुरआमा विष्णुकुमारी गुरुङ्गको स्मृतीमा उनकै नामबाट प्रतियोगिता सञ्चालन गरिने छ । क्लवका उपाध्यक्ष तुलबहादुर गुरुङ्गले प्रतियोगितामा झण्डै ५० क्लवको सहभागिता रहने अपेक्षा गरेका छन् । प्रतियोगिता सम्पन्न गर्न झण्डै १० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिताबाट करिब २ लाख बचत हुने र, बचत रकमबाट रामघाटमा फुटबल एकेडेमिको शुरुवात गर्ने लक्ष्य रहेको पत्रकार सम्मेलनमा सुनाए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…