
पोखरा (खेलाडी न्युज)-बैशाख १ गतेदेखि पोखरा लेखनाथ महानगरपालिका २५ हेमजामा शुभकामना नकाउट फुटबल प्रतियोगिता हुदैै छ । फुटबल प्रतियोगिताको आवश्यक तयारी पुरा भएको आयोजकले जनाएको छ ।
हेमजा युनाईटेडको आयोजनामा आयोजित प्रतियोगिताको लागि गठित विभिन्न उपसमितिले तयारी पुरा गरिसकेको हेमजा युनाईटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले जानकारी दिए। प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले गर्नेछन्।
‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मुल नाराका साथ गौरीशंकर खेल मैदान (गैरी) मा हुन लागेको उक्त प्रतियोगिता वैशाख १ गते देखि ८ गते सम्म चल्ने छ। खेलकुदको माध्यमबाट कुलतमा फसेका साथै वेरोजगार युवा युवतीलाई सहि बाटो पहिल्याउनको लागि टेवा पु¥याउने उद्देश्यले प्रतियोगिताको अयोजना गरिएको हो। प्रतियोगितामा एन्फा कास्कीमा आवद्ध क्लब, अन्य जिल्लाका क्लबहरु र विभागीय टोलीको सहभागि हुने छन्। मैदान स्तरोन्नतिको लागि राष्ट्रिय खेलकुद परिषदले चालु आवमा १० लाख रुपैयाँ विनियोजन गरेको छ । गत आवमा ८ लाख रुपैयाँ छुट्टाएको थियो ।
प्रतियोगितामा प्रथम हुनेले २ लाख २२ हजार २ सय २२ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैया ट्रफि, मेडल र प्रमाण पत्र रहेको छ। प्रतियोगितामा १६ टिमको सहभागिता हुने अपेक्षा गरिएको छ। टिम दर्ता शुल्क १० हजार राखिएको छ। प्रत्योगितामा सर्वोकृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिड फिल्डर, स्ट्राईगर, उच्च गोलकर्ता खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको कुँवरले जानकारी दिए। सर्वोकृष्ट खेलाडीलाई सात हजार ट्रफी र अरुलाई पाँच÷पाँच हजार र ट्रफीको व्यवस्था गरिएको छ। त्यस्तै अनुशाशित टिमलाई नगद १० हजार र ट्रफि प्रदान गरिने छ।
प्रत्योगिताको प्रत्यक खेलमा म्यान अफ दि म्याचलाई १ हजार ५ सय र ट्रफि प्रदान गरिने छ।
प्रतियोगिताको प्रथम पुरस्कार जनता हार्डवयर्सका प्रोपाइटर रविन कुँवर र सन्तोष किराना स्टोर्सका प्रोपाइटर सन्तोष क्षत्रीले दिने घोषणा गरेका छन्। त्यसैगरी सरल हार्डवयर्स एण्ड सप्लायर्सका प्रोपाइटर लेखबहादुर कुँवरले द्धितीय पुरस्कार प्रायोजन गरेका छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि करिव १८ लाख ६८ हजार ३ सय ३३ रुपैया खर्च लाग्ने अनुमान गरिएको हेमजा युनाईटेडका कोषाध्यक्ष इन्द्रबहादुर कुँवरले जानकारी दिए।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…