
काठमाडौं( खेलाडी न्युज) नेपाली क्रिकेट राष्टिय टोली सदस्य एवं युवा क्रिकेटर अनिलकुमार साहले सिंगापुरमा व्यावसायिक क्रिकेट खेल्न जाँदै छन् । उनले सिंगापुरको एलिट प्लेयर टी–२० सिरिज खेल्ने अवसर पाएका हुन् । उनलाइए सिंगापुरको क्रिमसनमा आवद्ध हुदै सिंगापुर एलिट प्लयेर टी२० सिरिज खेल्ने भएका हुन् ।
उनी सम्मिलित टिमको प्रशिक्षक पाकिस्तानका बिलाल ससद हुन् भने अमजाद महबुबको कप्तानीमा रहेको टिममा जिम्बाब्वेका ङरभा पनि छन् । प्रतियोगितामा तीन टिम छन्, जसले समूह चरणमा चार खेल खेल्नेछन् । १ मेमा एउटा टिमले दुई खेल खेल्नेछ । त्यसपछि हरेक दिन एक खेल हुनेछ र फाइनल मे ५ मा छ ।
यो प्रतियोगिता सिंगापुरको यू–१९ तथा केही सिनियर खेलाडीलाई लक्षित गरेर आयोजना गरिएको हो । सिंगापुरको टिममा स्थान बनाउन सक्छन् । प्रतियोगितामा जिम्बाब्वे, थाइल्याण्ड, इण्डोनेसियाका पनि केही खेलाडीले मौका पाएका छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…