
पोखरा (खेलाडी न्यज)—प्रदेश नं ४ सरकारले ल्याएको बजेटले खेलकुदलाई भने समेटन् सकेन् । आगामी वर्ष साग गेम्सका केही खेल पोखरामा गर्ने केन्द्रीय निर्णय भएपनि प्रदेश सरकार भने त्यो विषयमा चुक्न पुगेको छ ।
सागको महिला फुटबलको लागि आवश्यक फुटबल स्टेडियम बनाउनुपर्ने खाँचो छ । तर प्रदेश सरकारले त्यसको लागि दबाव सृजना गर्न सकेन् । बजेट सार्वजनिक गरिएपनि खेलकुद क्षेत्रलाई भने कुनैपनि बजेट भने विनियोजन गरिएन् । यसले प्रदेश सरकारको ध्यान खेलकुद तर्फ नदेखिएको प्रष्ट भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले चालु आर्थिक वर्षको लागि एक अर्ब दुई करोडको बजेट सार्वजनिक गरे । बजेटमा खेलकुद विकासमा पुर्वाधार शीर्षकमा ‘सुविधा सम्पन्न अन्तराष्ट्रियस्तरकाय बहुउपयोगी खेल मैदान निर्माणको लागि सम्भाव्यता अध्ययनको लागि व्यवस्था मिलाएको छु’ उल्लेख छ । प्रदेशमा एक एकीकृत खेलकुद एकेडेमी स्थापनाको लागि कार्ययोजना तयार गर्ने व्यवस्था, प्रदेशभित्र अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला र गल्फकोर्ष निर्माणको लागि स्थान पहिचान सहित कार्ययोजना तयार पार्ने व्यवस्था र स्थानीय तहसँगको सहकार्यमा एक स्थानीय तह एक खेल मैदान निर्माणको लागि कार्यविधि तर्जुमा गर्ने व्यवस्था मिलाएको छु उल्लेख छ ।
पोखरा रंगशालाभित्र झण्डै १७ करोडको लागत बहुउद्देश्यीय कभर्ड हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । साग गेम्स अन्तर्गत महिला फुटबल पोखरामा गर्ने निर्णय राष्ट्रिय खेलकुद परिषदले गरिसकेको छ । तर फुटबल स्टेडियम बनाउने बनाउने ध्यानबाट भने प्रदेश सरकार चुकेको छ । प्रदेश नं ४ मा तीन वटा गल्फ कोर्ष छन् । ती मध्ये एक १८ होल र दुई नौ होलका छन् । नौ होलका दुई गल्फकोर्ष बन्द छन् । विश्वकै नमूना गल्फकोर्षको सूचीमा छ पोखरा छिनेडाडाँको हिमालयन गल्फकोर्ष । खेलकुदको पुर्वाधार विकास गर्ने लक्ष्य र उद्देश्य देखिएपनि बजेट भने कुनैपनि शीर्षकमा छुट्टाएको छैन् ।
‘साग गेम्सको लागि आवश्यक पुर्वाधार बनाउन दबाव दिनुपर्ने थियो । बजेटमा उल्लेख गरेर केन्द्रीय तहमा घचघच्याउनुपर्ने थियो’ कास्की जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष सुमन देवकोटाले भने—‘अहिले आवश्यकता के हो त्यो विषयमा केन्द्रीत हुनुपर्छ ।’ प्रदेश सरकारले सबैभन्दा पहिला फुटबलको स्टेडियम बनाउन दबाव दिनुपर्ने भन्दै उनले स्टेडियम नबनेको अवस्थामा पोखरा रंगशालामा फुटबल गर्ने सम्भावना नदेखिने बताए ।
कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई नै स्तरोन्नति गर्ने तर्फ प्रदेश सरकारको ध्यान जानुपर्ने खाँचो औंल्याए । ‘क्रिकेटको लागि रंगशालाभित्रै मैदान छ । त्यसलाई पेभिलियन बनाई अन्तराष्ट्रियस्तरको बनाउन जरुरी छ ’ उनले भने—‘ त्यसको विकल्पमा पोखरा वडा नं ३३ पशुपति घाटमा बनाउन सकिने सम्भावना छ ।’


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…