
पोखरा(खेलाडी न्युज)-१५ सय मिटरमा रजत पदकमा चिक्त बुझाएकी गौरीशंकर माविकी ओममाया फगामीले दशौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको दोस्रो दिन शनिबार ८ सय मिटर दौडमा स्वर्ण पदक जितिन् । उनले आठसय मिटरको दौड २ मिनेट ५२.४२ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण लेखाईन् । भद्रकाली मावीकी सुजाता बरालले ३ मिनेट ८.९७ सेकेण्डमा दुरी पार गर्दै रजत पदक र ताल बाराहीकी अनिता राईले ३ मिनेट ९.११ सेकेण्डमा दुरी पार कास्य पदकमा चिक्त बुझाईन् ।
एथलेटिक्स छात्रा लङ जम्पमा गौरीशंकरकी सृष्टी पौडेलले ३.८९ मिटर जम्प गर्दै स्वर्ण पदक जितिन् । सोही विद्यालयकी जमुना कुवँर ३.६३ मिटर र त्रिवेणीकी सुनिता ढुङ्गाना ३.५६ मिटर जम्प गर्दै रजत र कास्य पदक जित्न सफल भए । छात्र लङ जम्प तर्फ हेम्जा बोर्डिङका सागर नेपालीले ५.२९ मिटर जम्प गर्दै प्रथम, कास्की मोर्डनाइज्डका अपुर्व रानाभाट ५.२८ मिटर जम्प गर्दै दोश्रो र त्रिवेणी मावीका सुमन पौडेल ५.२३ मिटर जम्प गर्दै तेश्रो स्थानमा रहँदै प्रतियोगिता टुग्याए ।
छात्र उशु छ्यान हुवान तर्फ शान्ति निकुञ्जका युशेत सुनुवार राई प्रथम, टप्सका शिवम दवाडी दोश्रो र ग्लोबलका शरुन लामिछाने तेश्रो भए । छात्रा छ्यान हुवान तर्फ टप्स मावीकी शमिक्षा गुरुङ, ग्लोवल मावीकी दिपशिखा खड्का दोश्रो र मेरी गोल्डकी सजिता गुरुङ तेश्रो भए । छात्र नान हुवान तर्फ अमरसिंह नमुनाका शिसिर स्याङजाली प्रथम, निलगिरीका हिमांसु गुरुङ दोश्रो र टप्सका योगेश गुरुङ तेश्रो भएका छन् ।
छात्रा नान हुवान तर्फ प्रथम टप्सकी अलिशा बलाल थापा, ग्लोबलकी एलिना विश्वकर्मा दोश्रो र नवप्रभात मावीकी पुजा राई तेश्रो भइन । छात्र थाइचि हुवान तर्फ टप्सका हिमेश गुरुङ प्रथम, शुभताराका प्रयाश मगर दोश्रो र मेरीगोल्डका प्राञ्जल गुरुङ तेश्रो भए । छात्रा थाइचि हुवान तर्फ टप्सकी शोफिया गुरुङ प्रथम, ग्लोबलकी क्याथरिन श्रेष्ठ दोश्रो र मेरी गोल्डकी सिमरन मगर तेश्रो भइन ।
बिजेता उशु खेलाडीलाई राष्ट्रिय खेलकुल परिषद आर्थिक विभाग प्रमुख कपिलमणी पोख्रेल, आर्थिक विभागका कुमार बस्नेत, कास्की जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपक बहादुर गोदार, कार्यालय प्रमुख प्रकाश बराल लगाएतले पदक, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…