
पोखरा(खेलाडी न्युज)-राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पोखरा रंगशालाभित्रको क्रिकेट मैदान बनाउन मन्त्रालयले चालु आर्थिक वर्षको लागि एक करोड बजेट छुट्टाएको बताएका छन् । ‘आगामी वर्ष पेभिलियन सहितको पुर्वाधार बनाउन बजेट छुट्टाईने छ’ उनले पोखरामा शनिबारदेखि शुरु भएको ‘ओम डेभलपमेन्ट बैक के.सि.एल(कास्की क्रिकेट लिग) को उदघाटन गर्दै भने—‘क्रिकेट मैदानको लागि एक करोड बजेट छुट्टाएका छौं ।’
उनले खेलकुदलाई आगामी आर्थिक वर्षको लागि ११ अर्बको बजेट माग गरेको उल्लेख गर्दै ३ अर्ब २० करोड उपलब्ध गराउने बताए । ‘हामीले पुर्वाधारको लागि ११ अर्ब माग गरेका छौं’ उनले भने—यति बजेट नदिने भए पुर्वाधार निर्माण हुदैन भन्ने प्रतिक्रिया दिईसकेका छौं तर मन्त्रालयले ३ अर्ब २० करोड दिने भईसकेको छ ।’
साग गेम्स, राष्ट्रिय खेलकुद प्रतियोगिता र एशियाली खेलकुद प्रतियोगिताले गर्दा बजेट पुर्वाधारमा आवश्यक बजेट छुट्टाउन नसकिएको जिकिर गरे । पोखराको खेलकुद पुर्वाधार विकासमा अन्य ठाँउमा भन्दा लगानी भएको उल्लेख गर्दै चालु आर्थिक वर्षमै क्रिकेटलाई एक करोड बजेट छुट्टाइएको जानकारी दिए । छुट्टिएको बजेटबाट क्रिकेट पीच मर्मत, आउट फिल्ड तथा शौचालय निर्माणमा खर्च गर्ने कास्की जिल्ला क्रिकेट संघले योजना बनाएको छ ।
पोखरामा प्रधानमन्त्री कप सिनियर क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताएका छन् । प्रधानमन्त्री कपसँगै पोखरा लेखनाथ महानगरपालिकासँगको सहकार्यमा यु—१४ क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने बताए । ‘महानगरपालिकाले आधा बजेट र राखेपको आधा बजेटमा यु—१४ क्रिकेट प्रतियोगिताको लागि सहकार्य गर्न तयार छौं’ उनल भने—‘प्रतियोगिताको नाम राखेप महानगर मेयर कप राख्न सकिन्छ ।’ उनले पोखरामा क्रिकेटको पुर्वाधार निर्माण गर्न सके सारजहा जस्तै न्युट्रल भेन्यु बन्ने दावी समेत गरे ।
ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन तथा पोखरा राईनोजको सहप्रायोजनमा आयोजित प्रतियोगिताको उदघाटन खेलमा पोखरा क्रिकेट क्लबलाई माछापुच्छ«े क्रिकेट क्लबले ५ रनले पराजित गरेको छ । । पीच भिजेको अवस्थाले केही ढिलो गरी शुरु गरिएको खेल भने २० ओभरमा झारिएको थियो । राउण्ड रोविन अन्तर्गत ४० ओभरको प्रतिस्पर्धा गराईने छ ।
अमृत गुरुङको तीन छक्का र दुई चौका हान्दै ४७ रनको महत्वपूर्ण योगदानमा माछापुच्छ«े क्रिकेट क्लबले ओपनिङ व्याटिङ गर्दै ११९ रनको बनाई लक्ष्य पछ्याउने निम्तो दिएको थियो ।मनोज कोईरालाले २० बलमा २५ रन बनाई आउट हुदाँ अमृतले पाँचौ नम्बरमा गएर अर्धशतक पुरा गर्नबाट चुके । प्रविन ढकालको खातामा १९ रन लेखियो । विजय राउतले चार ओभरमा एक मेडन राख्दै १४ रन दिएर महत्वपूर्ण तीन विकेट लिए । गोविन्द प्रधान, सुमन घिमिरेले एक एक विकेट लिएका थिए ।
१२० रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट क्लबले लक्ष्य पुरा गर्ने अग्रसर रहँदा ८४ रनमा खेलिरहेको थियो । अचानक पानी परेपछि अम्पायरले डक वर्थ लुईस अनुसार पोखरा क्रिकेट क्लब ५ रनले पराजित भएको संकेत गर्दै क्रिजबाट बाहिरिए । पोखरा क्रिकेट क्लबका खेलाडीहरुका अनुसार पानीले पीच भिज्ने अवस्था नै नहुदाँ अम्पायरले डर्क वर्थ लुईस नियम अनुसार पराजित भएको घोषणा गरेका थिए । आईतबार सांग्रिला क्रिकेट क्लबले पोखरा क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्ने छ । कार्यक्रममा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, पोखरा लेखनाथ महानगरपालिका वडा नं ३ का अध्यक्ष रविन्सन प्रजु, खेलकुद पत्रकार मन्च कास्कीका अध्यक्ष केशव पाठक लगायतले क्रिकेटको विकासको बारेमा चर्चा गरेका थिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…