
पोखरा(खेलाडी न्युज)-दोस्रो भिमकाली सेभेन ए साईड कपको उपाधी संगम फुटबल क्लबले जितेको छ । बुधबार पोखराको पुरानो टुडिखेलमा सम्पन्न फाईनल खेलमा तारा फुटबल क्लबलाई १—० गोलले पराजित गर्दै सँगमले उपाधी जित्यो । उपाधीसँगै सिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार प्राप्त ग¥यो । उपबिजेता टिम तारा फुटबल क्लबले नगद ७५ हजारमा चित्त बुझायो । खेलमा निर्णायक गोल गर्न सफल संगम फुटबल क्लबका टंक गुरुङ म्यानअफ द म्याच घोषित भए । गुरुङले नगद रु ५ हजारको साथमा आकर्षक मोबाईल सेट, ट्रफिसहित प्याराग्लाईडिङ गर्ने अबसर प्राप्त गरे ।
प्रतियोगिताबाट सर्बाेत्कृष्ट खेलाडी र उत्कृष्ट गोल रक्षकको रुपमा संगम फुटबल क्लबका गोल रक्षक राजन गुरुङ घोषित भए । उनले नगद रु ५ हजार, एक थान डिस होम तथाएक सेट आकर्षक मोबाईल सहित निशुल्क प्याराग्लाईडिङ गर्ने अबसर प्राप्त गरे । तारा फुटबल क्लबका रोशन हिराचन प्रतियोगिताकै उत्कृष्ट डिफेण्डर बन्न सफल भए, डिफेण्डिङ च्याम्पियन दिप युनाईटेडका स्टेफेनले प्रतियोगिता अबधीभर ७ गोल गर्दै सर्बाधिक गोलकर्ता बन्न सफल भए । उनीहरुले जनही ५ हजारको साथमा ट्रफि र निशुल्क प्याराग्लाईडिङ गर्ने अबसर हात पारे ।
कुल ६७ टिमको सहभागिता रहेको उक्तप्रतियोगिताबाट अन्तिमचारमापुग्न सफल रत्न समाज सेवा कस्केरीअनुशासित टिमको रुपमा घोषित हुदै नगद रु ५ हजार सहितट्रफिप्राप्तग¥यो । प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमलाई अखिल नेपाल फुटबल संघका नव निर्बाचित अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष ईश्वर गुरुङ (चन्द्र)लगायतले पुरस्कार बितरण गरेक ाथिए ।
अध्यक्ष शेर्पाले फुटबल क्षेत्रमा अब नौलो आयाम थपिने बताए । उनले सिमित पक्षले एन्फालाई उल्टो दिशातिर निर्देशित गरेको औल्याउदै फुटबल क्षेत्रमा बिकासले सकेको बताए ।उनले भने “अब फुटबल क्षेत्रमा परिबर्तनको उज्यालो दियो बल्छ, हामी“गो एन्फा”भन्ने अभियान सहित अगाडी बढ्न सुरु गरिसकेका छौ ।”उनले पोखराकामा ६÷७ वटा फुटबल ट्रेनिङ सेन्टरको स्थापनागर्न पहलगरेको बताउदै पोखराका बिद्यार्थीहरु फुटबल खेल्नबाट बञ्चितहुननपर्ने समेत उनको भनाई थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…