
पोखरा(खेलाडी न्युज)-पोखरा क्रिकेट एकेडेमीलाई सस्तैमा समेट्दै माछापुच्छ्रे क्रिकेट क्लब कास्की जिल्ला क्लबस्तरीय राउण्ड रोविन क्रिकेट लिगको उपाधि नजिक पुगेको छ । उपाधिको निर्णय भने शनिबार हुने छ । लिगको अन्तिम खेल आज बिहीबार हुने छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजना, ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन तथा पोखरा राईनोजको सहप्रायोजनमा सञ्चालित राउण्ड रोविन क्रिकेट लिग अन्तर्गत बुधबार माछापुच्छ्रे क्रिकेट क्लबले पोखरा क्रिकेट एकेडेमीलाई ९५ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको हो । माछापुच्छ«ेले चार खेलमा तीन जित र एक हारसँगै ६ अंक जोड्दै फाईनलको ढोका खोल्यो ।
टस जितेर व्याटिङमा उत्रिएको माछापुच्छ्रेलाई ४० ओभरको खेलमा ३४.२ ओभरमा अलआउट हुदै १५८ रनको स्कोर बनायो । अधिकांश १५ वर्षभन्दा मुनिका खेलाडीहरु सम्मिलित पोखरा क्रिकेट एकेडेमीले विशाल लक्ष्य पछ्याउन भने निकै कठिन भयो । अन्नत अनुभवी खेलाडीको सामु टिक्नै नसक्दा ६३ रनमै समेटिदाँ लिगका केवल ३ अंकसँगै प्रतियोगिताबाट बिदाई लिए । एकेडेमीका खेलाडीलाई प्रतियोगिता अनुभव लिने माध्यम समेत बन्यो ।
ओपनर दिपेश खत्रीले ३४ रनको इनिङ खेले । मनोज कोईरालाले ३३ र अमृत गुरुङले ३२ बनाए । अन्य व्याट्सम्यानलाई सस्तैमा आउट गरे । ५ ओभर ४ बल बाँकीहुदाँ अलआउट गर्दै एकेडेमीले आफनो इनिङको लागि क्रिजमा उत्रिने निर्णय लिए । एकेडेमीका कप्तान ऋषिकेश शर्माले ८ ओभर बलिङ गर्दै ३० रन दिएर ५ विकेट लिए । प्रेम गुरुङले पनि ६.२ ओभरमा २५ रन दिएर ३ विकेट लिन सफल भए ।
१५९ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट एकेडेमीले ईशान श्रेष्ठको सर्वाधिक ११ रनको योगदानमा ६३ रनमा समेटियो । रोशन न्यौपानेले ९ र प्रेम गुरुङले ८ रन मात्रै जोडे । यद्यपी एकेडेमीले ३०.२ ओभरसम्म टिक्दै खेले । रन बनाउने भन्दा पनि क्रिजमा टिक्न उद्दत पोखरा क्रिकेट एमेडेमीको थियो । माछापुच्छ्रेका कृष्ण बास्तोलाले ५ ओभरमा १३ रन दिदैं ४ विकेट लिए । अनुप श्रेष्ठले पनि ४ ओभरमा ६ रन दिदैं २ विकेट लिन सफल भए । बास्तोला म्यान अफ दि म्याच घोषित भए । उनलाई सेवा हस्पिटल प्रालि पोखराका प्रवन्ध निर्देशक डा. पदमबहादुर खड्काले ट्रफी हस्तान्तरण गरे ।
आज बिहीबार पोखरा क्रिकेट क्लब र अरण्यज्योति क्रिकेट क्लब बीच खेल्ने छ । पोखरा क्रिकेट क्लबले जित निकालेको अवस्थामा फाईनल सुरक्षित गर्ने छ । यदि अरण्यज्योतिले जित निकाले ४ अंक हुने छ । र सांग्रिला क्रिकेट क्लबसँग रनरेटको आधारमा फाईनल सुरक्षित गर्ने छ । अरण्यज्योतिको सामान्य जितले सांग्रिला क्रिकेट क्लब फाईनलमा पुग्ने प्रतियोगिताका संयोजक ओमप्रकाश श्रेष्ठले बताए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…