
पोखरा(खेलाडी न्युज)– १३ वर्षपछि सहारा क्लबले सर्लाहीको लालबन्दीमा जाँदै छ । यही जेठको अन्तिमसातादेखि शुरु हुने लालबन्दी गोल्डकपको लागि सहाराले १३ वर्षपछि सहभागिता जनाउँदै छ । २०६२ सालमा सहारा उपविजेता बन्दै फर्किएको थियो । फाईनलमा सहारा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
त्यो इतिहास सम्झिदैं सहाराले आफनो लयलाई फेरी फर्काउने उद्दत रहने छ । मोफसलकै प्रतिष्ठित क्लबको रुपमा परिचित सहाराले मोफसलका एक उपाधि र घरेलु मैदान पोखरामै आहा रारा गोल्डकपको उपाधि उचालिसकेको छ । सहाराले चितवनको टाँडीमा आयोजित कन्दंग्वा गोल्डकपको उपाधि जितेको थियो ।
सर्लाहीमा गोल्डकपकै नाममा पहिलो पटक आयोजना हुदैं छ । सर्लाहीको लालबन्दीमा पहिलो पटक लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । राष्ट्रिय स्तरका क्लबहरुको सहभागितामा सर्लाही जिल्ला फुटबल संघ र लालबन्दी नगरपालिकाले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेका हुन् । लायन्स क्लब अफ लालबन्दी सिटी सह–आयोजक रहेको प्रतियोगिता जेठ २४ गतेदेखि सुरु भई असार २ गतेसम्म चल्ने सर्लाही जिल्ला फुटबल संघका महासचिव उज्वल कार्कीले जानकारी दिए ।
प्रतियोगितामा सर्लाहीको एक सहित जम्मा १० टिमले सहभागिता जनाउने छन् । थ्रीस्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, संकटा क्लब, झापा ११, सहारा क्लब, रुपन्देही ११, सर्लाही ११ र दार्जिलिङ ११ गरी १० क्लबको टुंगो लागेको छ । प्रतियोगिताका विजेतालाई ७ लाख र उपबिजेतालाई ३ लाख ५० हजार रुपैयाँ, उदीयमान खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष ठाकुर बहादुर सुसलिङले बताए । तस्बिर फाईल


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…