
पोखरा, (खेलाडी न्युज) कोरियोग्राफ्री वकर्सप, लेसन फर स्कूल एण्ड किन्डरगारेन्टस् टिचर, वल्ड एज्ड कार्यशाला गोष्ठिमा प्रशिक्षण दिन जर्मनी टोली सोमवार पोखरा आएको छ । जिम्न्याष्टिक्स फर अल कमिटी कास्कीको अयोजनामा हुने तीन दिने कार्यशाला गोष्ठिमा प्रशिक्षण दिन जर्मनी प्रशिक्षक रिनीहेसिचर टर्नवण्ड(जिएफए,डिटिवी) डेटलेफ मनाको समूह पोखरा आएको हो ।
उनीहरुलाई जिम्न्याष्टिक्स फर अल कमिटी कास्कीका संयोजक राजु कायस्थ, सदस्य केशवशरण पौडेल, सदस्य राजु केसी, सदस्य शिवराज पौडेल, सदस्य मनकाजी गुरुङ, सल्लाहकार हेमन्त अधिकारी तथा प्रेस संयोजक प्रकाशचन्द्र सापकोटाले स्वागत गरेका थिए । गोष्ठि जेठ १५ देखि १७ गते सम्म चल्ने छ । गोष्ठिमा जर्मनी प्रशिक्षक रिनीहेसिचर टर्नवण्ड(जिएफए,डिटिवी) डेटलेफ मनाको समूह र नेपाल जिम्न्याष्टिक्स महासंघका महासचिव प्रकाशलाल श्रेष्ठद्धारा प्रशिक्षण दिने जिम्न्याष्टिक्स फर अल कमिटि कास्कीका सदस्य केशवशरण पौडेलले जानकारी दिए।
गोष्ठिमा निजि तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिका, प्रिन्सीपलसँग ५० वर्ष नाघेका नागरिक गरी १ सय जना सहभागिता रहने संयोजक कायस्थले जानकारी दिए । गोष्ठिमा करिव ४ लाख रुपैया खर्च लाग्ने जिम्न्याष्टिक्स फर अल कमिटी कास्कीका सदस्य राजु केसीले जानकारकी दिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…