
एजेन्सी-फुटबलमा सुपर हिरो क्रिस्टियानो रोनाल्डो एनिमेटेड चलचित्रमा पनि सुपरहिरोको परिचय दिने तयारीमा छन् । फ्यानहरुका लागि सुपरहिरो बन्ने धुनमा रहेका उनलाई भारतको बैंगलोरमा रेहको ग्राफिक इन्डिया प्राइभेट लिमिटेडले उत्पादन गर्ने शृंखला “ स्ट्राइकर फोर्स ७ “ मा रोनाल्डोले मुख्य भूमिका निभाउने भएका हुन् ।
पोर्चुगेली स्ट्राइकरले यसअघि नै चलचित्र निर्माण गर्ने आफ्नो इच्छा रहेको बताएका थिए । रोनाल्डो अभिनित सो चलचित्रलाई भारतसंगै अमेरिकामा समेत फेसबुक मार्फत हेर्न सकिने छ भने यसको भिडियोगेम र पत्रिका समेत प्रकाशन हुनेछ ।
यसका बिषयमा संचारमाध्यमसंग कुराकानी गर्दै रोनाल्डोले भने, “जुन किसिमले फुटबलले मानिस र संस्कृतिलाई जोड्दछ सोहि काम एनिमेटेड चलचित्रमा सुपरहिरोले समेत गर्दछन्।“रोनाल्डोले थपे, “ यहि कारणले गर्दा म यो प्रोजेक्ट गर्न चाहन्छु र मेरा फ्यानहरुसंग साट्न चाहन्छु । मेरो जीबनमा एक फुटबल खेल्ने बच्चामा आउने सुख र दुखका दिन सबै छन् र त्यसले यो चलचित्रमा आउनेछ । चलचित्रका सह-संस्थापकले भने, “ क्रिस्टियानोले विश्वका कयौं मानिसलाई प्रेरणा दिएका छन् । रोनाल्डो साच्चै नै सुपरहिरो हुन् र यस चलचित्रले उनको बिषयमा उनका फ्यानहरुलाई अझ धेरै कुरा जान्ने मौका दिनेछ।“


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…