
एजेन्सी-फुटबलमा भाग्य पनि चाहिन्छ । राम्रो खेलेर मात्रै नजिता आफनो पक्षमा पर्दैन् । त्यस्तै भएको छ नाईजेरियालाई । तर भाग्य बलियो भने क्रोएसियाको थियो । नाईजेरियाले उत्कृष्ट प्रदर्शन गरेपनि क्रोएसियाले तीन अंक जोड्न भाग्यले साथ दियो । उपहार गोलबाट तीन अंक जोडिदै क्रोएसियले विश्वकप यात्रा विजय यात्राबाट शुरु गर्यो ।
अफ्रिकी पावरहाउस नाइजेरियालाई २–० ले हराउँदै क्रोएसियाले तीन अंक जोडेको छ । कालिनइनगार्ड मैदानमा भएको खेलमा एक गोल आत्मघाती गोलबाट लिएको अग्रतालाई क्रोएसियाका भरपर्दा र अनुभवी खेलाडी लुका मोड्रिचले व्यक्तिगत दोस्रो गोल गरेपछि तीन अंकको लिदैं पुरानो शाख जोगाउन उद्दत देखियो ।
३२औं मिनेटमा ओगेनेकारोले इटेबोले लुका मोड्रिचले गरेको प्रहार रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गरे । नाइजेरियाले क्रोएसियालाई खेलभरी नै दबाब दिएको थियो । पहिलो हाफ हुनु अघि एलेक्स इओबीको प्रहार डिफेन्डर डेजान लोब्रेनले जोगाएका थिए । अर्को एउटा राम्रो अवसरमा ब्राइन इडोउले चुक्न पुगे । अफ्रिकन विश्वकप यात्रामा दोस्रो चरणबाट माथि उठ्न भने सकेको छैन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…