
मस्को (एजेन्सी) –फ्रान्स विरुद्ध शसक्त प्रदर्शन गर्दै आफनो दरिलो उपस्थिति जनाएको सेनेगलले रसियामा आयोजित विश्वकपमा पनि उस्तै नजिता निकाल्दै अन्तिम १६ मा प्रवेश गर्ने सम्भावनालाई बढाएको छ । विश्वकप समूह ‘एच’ अन्तर्गत पोल्यान्डलाई सेनेगलले २-१ ले हराउँदै तीन अंक जोड्दा पोल्याण्ड दबावमा परेको छ ।
आत्मघाती गोलबाट पछि परेको पोल्याण्डले दोस्रो हाफमा अर्को गोलको सामना गरेपछि जितबाट विमुख हुदै गएको थियो । पोल्यान्डका डिफेन्डर थियागो सियोनेकको आत्मघाती गोलद्वारा सेनेगलले खेलमा अग्रता बनाउन सफल भएको हो । दोस्रो हाफको ६० औं मिनेटमा स्ट्राइकर एमबाए नियाङले गोल गर्दै सेनेगलको अग्रता दोब्बर पारेका थिए ।
खेलको अन्तिम मिनेटतिर ग्रेग्रोज क्रिचोवियाकले पोल्यान्डलाई फ्रिकिकमा हेडिङ गोल गर्दै खेलमा फर्काउन खोजेपनि सफल भएनन् । पोल्याण्डमाथि जित्नै पर्ने दबाव बढेको छ । जापानले कोलम्बियालाई पराजित गरेको छ । पोल्याण्ड र कोलम्बिया अंक विहीन छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…