
नेपालगन्ज(खेलाडी न्युज) प्रथम मेयर कप साइकल दौड प्रतियोगिता -२०७५ नेपालगन्ज साइक्लोथनको उपाधि बिमलेश कुमार यादवले जितेका छन् । उनले निर्धारित ३७ किलोमिटर दुरी पुरा गर्ने क्रममा अन्य प्रतियोगीहरुलाई पछि पार्दै नगद रु १५ हजार पनि हात पारे ।
यसमा सञ्जय सोनकर दोस्रो तथा दीपक मल्ल तेस्रो भए । दुवैले क्रमशः १० हजार र पाँच हजार नगद प्राप्त गरे । प्रोफेसनल राइडर्सहरु मात्र सहभागी हुने प्रावधान रहेको ३७ किलोमिटर दुरी महिला तर्फ साया थापाले मात्र पुरा गरिन् । उनलाई प्रशंसापत्र प्रदान गरियो । नेपालगन्ज बन कार्यालय अगाडिदेखि सुरु भएको साइक्लोथन कोहलपुर चौराह पुगेर फेरि सोही स्थानमा टुंगिएको थियो ।
साधारण साइकलतर्फ निर्धारित २० किलोमिटर दुरी पुरा गर्नेक्रममा पुरुषतर्फ मनोज धोबी, जंग थारु र सतिस थारु तथा महिलामा पार्वती सार्की , टीका खड्का र ममता गुप्ता ले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे । उनीहरूलाई क्रमशः सात हजार, पाँच हजार र तीन हजार नगदले पुरस्कृत गरियो । ६ किलोमिटर ट्राइसाइकलतर्फ यम ब। खत्री , तेज ब। राना र जंग कामीले शीर्ष तीन स्थान हासिल गरे ।
साइक्लोथनमा प्रतियोगिका रुपमा रहेका मोटिभेसनल साइक्लिस्ट भरत शाह र अष्ट्रेलियन फिल डेभिसलाई बिशेष सम्मान गरियो । विजयी साइक्लिस्टहरुलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा। धवल शमशेर राणा, उपमेयर उमा थापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओली र नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष केशरबहादुर आलेले नगद, पदक र प्रमाणपत्रले सम्मान गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपालगन्ज साइक्लिङ क्लबले संयोजन गरेको साइक्लोथनमा १ सय ७५ जना सहभागी थिए । यस प्रतियोगितालाई स्तरोन्नति गर्दै बर्षेनी सञ्चालन गरिने मेयर राणाले प्रतिबद्धता जनाए । प्रमुख जिल्ला अधिकारी केसीले खेल गतिविधिले नेपालगन्जलाई साँच्चिकै खेलकुद हब बनाउन मद्दत गरेको बताए । क्रियटिभ ह्याण्ड्सले गत बर्ष चैतमा आयोजना गरेको नेपालगन्ज साइक्लिङ रेशबाट प्रेरित भइ यसपटक भव्य बनाउने सोंच पुरा भएकोमा कार्यक्रम संयोजक गगन थापाले खुशी व्यक्त गरे । साइक्लोथन औपचारिक सुरु हुनुअघि मेयर, उपमेयर, प्रमुख जिल्ला अधिकारी लगायत बिशिस्ट अतिथिहरुले दुई किलोमिटर साइक्लिङ गरेका थिए । मेयर राणा र प्रजिअ केसी प्रतियोगिताको उदघाटन गरेका थिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…