
पोखरा(खेलाडी न्युज)-काठमाडौंमा बुधबारदेखि शुरु हुने प्रकाश दाहाल स्मृति दिवसको अवसरमा आयोजित बक्सिङ ।
च्याम्पियनसिपको लागि पोखराबाट ९ खेलाडीसहितको टोली प्रस्थान गरेको छ । टोलीमा दुई जना अफिसियल छन् ।
नेपाल बक्सिङ संघ तथा अखिल नेपाल खेलकुद संघको संयुक्त आयोजनामा आयोजित प्रतियोगिताको लागि ४९ केजी तौल समूहमा विष्णु गौतमको सहभागिता रहने छ । केशरबहादुर नेपालीले ५२ केजी, दिनेश गुरुङले पनि ५२ केजी तौलमै प्रतिस्पर्धा गर्ने छन् । दिनेश बानियाले ५६ केजी, रेखसुब्बा गुरुङले ६० केजी तौलमा भिड्ने छन् ।
अनिल थापामगर ६४ केजी, दिपक सुनुवारले ८१ केजी, सुशान पुनले ९१ केजी र मुन्ना गुरुङले ९१ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक लोकबहादुर गुरुङले जानकारी दिए । टिम व्यवस्थापकमा डिल्लीराज पुन रहेका छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…