
एजेन्सी-ब्राजिलले विश्वकपको उपाधि जित्ने लय देखाउँदै मेक्सिकोको चुनौतिलाई २-० गोलले पन्छाएको छ । विश्वकप साविक विजेता जर्मनीलाई पहिलो चरणको खेलमा पराजित गर्दै नकाउटचरण प्रवेश गरेको मेक्सिको भने ब्राजिललाई कडा चुनौति पेश गरेपनि अन्तत रसिया विश्वकपबाट भने विदाई लिन बाध्य भयो ।
पहिलो हाफ बराबरीको सकिएको थियो । ५१ औं मिनेटमा नेयमारको गोलसँगै दोस्रो हाफमा लय समात्यो । एक गोलको अग्रता लिएको ब्राजिलले खेल सकिन केही मिनेट बाँकी छदा लिभरपुलबाट व्यवसायिक फुटबल खेल्दै आएको रोबर्टो फिरमिनोले गोल गर्दै मेक्सिकोको आशालाई समाप्ता पारिदिए ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका फिरमिनोको यो विश्वकपमा पहिलो गोल हो । मेक्सिकोले पनि केही अवसर पाए पनि सदुपयोग गर्नबाट चुक्दा निराश बन्दै मैदान छाड्न बाध्य भयो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…