
एजेन्सी-खेल सकिएकै थिएन् । तर हारको पीडालाई उरुग्वेका खेलाडी मैदानमै आँशु झार्दै खेलिरहे । आखाँको आसु लुकाउन सकिरहेका थिएन् । क्यामराले रोईरहेको प्रष्ट देखिएको थियो ।
आँसु किन नआवस पनि । नकाउट चरणमा सतशप्रतिशत नजितासँगै क्र्वाटरफाईनलसम्मको यात्रा तय गरेको उरुग्वे फ्रान्ससँग २-० गोलले पराजित हुदैं रसिया विश्वकपबाट बाहिरिन पुग्यो ।
केही तनावयुक्त खेल जित्दै फ्रान्सले सेमिफाईनल यात्रा तय गर्दा उरुग्वे भने पीडामा मैदानमै केही बेर अवाक हुन पुग्यो । हाफ हुनु भन्दा केही अघि एन्टोनी ग्रिजमनको फ्रिकिकमा राफल भरानले हानेको हेडिङ सेकेण्डबारमा नजिकैबाट पोष्टभित्र छिरेपछि स्पष्ट अग्रता लिएको थियो । खेलको ४० औं मिनेटमा उनले गोल गर्दै फ्रान्सलाई सेमिफाईनल तय गराउने संकेत देखाए ।
उरुग्वेका गोलकिपरकोे अक्षम्य गल्तीमा दोस्रो गोल हुन पुगेपछि उरुग्वेको पराजत निश्चितजस्तै भएको थियो । डिबक्स बाहिरबाट ग्रिजमनले हानेको बल पन्च गरेपनि पोष्टभित्र छिरेपछि उरुग्वेको आशा समाप्त भएको थियो । ६१ मिनेटमा ग्रिजमनलाई कोरेन्टिन टोलिसोले दिएको पासमा गोल हुदाँ फ्रान्सले सन २००६ को विश्वकप पछि सेमिफाईनल यात्रा तय गरेको हो । २००६ मा भने फ्रान्सले फाईनलमा इटालीसँग पराजित हुदै उपाधि विमुख भएको थियो ।
खेलको ४४ औं मिनेटमा उरुग्वेले महत्वपूर्ण अवसरलाई गुमाउन पुग्यो । मार्टिन कासिरेसले हानेको हेडबललाई फ्रान्स गोलकिपरले पन्च गर्दै सेभ गरे । तर रिवाउण्ड भएको बललाई डियागो गोडिनले हावामा उठाईदिएपछि बराबरी गर्ने अवसरबाट बन्चित भएको थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…