
पोखरा(खेलाडी न्युज)-पोखरा र चीनको कुनमिङ शहर बीच भगिनी सम्बन्ध भएको लामो समय वित्यो । भगिनी सम्बन्धलाई अझ प्रगाढ बनाउन कुनमिङस्थित माउण्टेनरिङ्ग एक्सप्लोरेसन एशोसियनले पोखरामा अल्ट्रा रेसको आयोजना गर्दै छ । त्यसको आवश्यक अध्ययन भईसकेको छ । कुङमिङबाट एक टोली पोखरा आई अध्ययन गरेको छ । टोलीले आगामी सेप्टेम्टबरमा आयोजना गर्ने तय गरेको छ । यद्यपी मिति ट्वाक्कै तोकिएको अवस्था भने छैन् ।
अन्तर्राष्ट्रिय अल्ट्रा रेस पोखराको फेवाताल किनार बाराही घाट खेल मैदानबाट शुरु हुने छ । दौड शुरुभएपछि धावकले ड्यामसाईड, छोरेपाटन, मट्टीखान, कुभिण्डे, उल्लेरी ढवा हुदैं भुम्दी, कालाबाङ, स्वाँरा, लुकुनस्वाँरा, ट्रायथोलन भेन्युबाट डुंगाबाट फेवातालमा तैरिदै खपौदी पुग्ने छ । खपौदीबाट पुन दौडिदैं क्याम्पिङचोक हुदैं बाराहीघाट खेलमैदानमा पुगेर टुंगिने तय भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।
उनका अनुसार एक्प्लोरेसन एशोसियनका महासचिव झाङ सीको नेतृत्वमा दश सदस्यीय टोली पोखरा आएको छ । पोखरामा रहेको टोलीले बिहीबार अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको अवलोकन समेत गरेको थियो । टोलीले बिहीबार नै अल्ट्रा रेसको रुटको लागि बाराही घाटको खेलमैदान, फुस्रेखोला, रानीबन घुमेर फर्किएको उनले जानकारी दिए । त्यसपछि टोलीले गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालसँग भेटघाट समेत गरेका थिए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङका अनुसार अल्ट्रारेसको लागि एथलेटिक्स संघ कास्कीका पदाधिकारीसँग आवश्यक सहयोगको लागि छलफल गरिएको थियो । दौड उकाली ओराली गरी ४२ किलोमिटरको हुने छ । १५ सय मिटर फेवाताल क्रस गर्नुपर्ने हुन्छ । लागत ४० लाखको अनुमान गरिएको छ । अल्ट्रा रेसको लागि जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा उद्योग वाणिज्य संघ, पोखरा लेखनाथ महानगरपालिका तथा पश्चिमाञ्चल होटल संघले सहकार्य गर्ने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पाखिलेले बताए ।
सेप्टेम्बर पर्यटन सिजनको शुरुवाती समय हो । पर्यटनसिजनकै सन्ध्यामा आयोजना गरिने अल्ट्रा रेसले पोखराको पर्यटन क्षेत्रमा नयाँ आयाम थपिने विश्वास पश्चिमाञ्चल होटल संघसंघले जनाएको छ । ‘रेसले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास हामीले लिएका छौं ।’पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले भने–‘पोखरामा हुने रेसलाई पर्यटन व्यवसायीले भने सहकार्य गरेका छौं ।’
पोखरामा पोखरा ट्रायल रेस सिरिज नामक संस्थाले तीन महिनाको अन्तरमा विभिन्न लोपोन्मुख पदयात्रा मार्गलाई पुर्नस्थापित गराउने उद्देश्यसहित ट्रायल रेस गर्दै आएको छ । त्यसै गरी लमजुङ हुदैं मनाङ–थोराङलापास–मुक्तिनाथ, जोमसोमबाट, बेनी म्याग्दी हुदैं पोखरामा आई टुंगिने याक एट्याक प्रतियागिता हुदैं आएको छ । आगामी सेप्टेम्बरमा आयोजना हुने अल्ट्रारेसमा नेपाल, चीन, जापान लगायत विभिन्न देशका खेलाडीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…