
????????????????????????????????????
पोखरा(खेलाडी न्युज)-आगामी सेप्टेम्बर २९ मा पोखरामा आयोजना हुने ‘फष्ट पोखरा इन्टरनेशनल माउण्टेन क्रस कन्ट्री च्यालेन्ज’ लागि पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र माउण्टेनरिङ्ग एक्सप्लोरेसन एशोसियन कुनमिङ(चीन) बीच शनिबार सम्झौता भएको छ ।
शनिबार सम्झौतापत्रमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन र एशोसियनसनका महासचिव झाङ सी बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । पोखरा र चीनको कुनमिङ शहर बीच भगिनीसम्बन्धलाई अझ प्रगाढ बनाउन कुनमिङले पोखरामा दौडको आयोजना गरेको हो । आयोजनासँगै पोखराको पर्यटनमा नयाँ ‘प्रोडक्ट’ थपिने छ ।
पोखरा उद्योग वाणिज्य संघको यो अभियानलाई पश्चिमाञ्चल होटल संघले पनि सघाएको छ । क्रस कन्ट्रीमा ४२ किलोमिटरको दूरीमा दौड, साइक्लिङ र पौडी समावेश हुने छन् । एउटा समूहमा ३ जना सहभागि प्रावधान छ । एकजना महिला अनिवार्य गरिएको छ । ३ जनाको समूहमा दुई जना महिला र एक जना पुरुष पनि हुन सक्ने प्रावधान छ । माउन्टेनरिङ एसोसियनका विज्ञहरुले झण्डै दुई वर्षको अध्ययनपछि पोखरामा क्रस कन्ट्री गर्ने निर्णयमा पुगेको एशोसियनसनका महासचिव झाङ सीले बताए ।
प्रतियोगितामा करिव ३ सय जना खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा चीनको कुनमिङबाट मात्रै करिब ४० खेलाडी सहभागी हुनेछन् भने कुन्मिनसँग भगिनी सम्बन्ध रहेका विश्वका अन्य ४० ठाउँबाट पनि खेलाडीहरु आउने विश्वास लिइएको सहआयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए । ड्यामसाईड, छोरेपाटन, मट्टीखान, कुभिण्डे, उल्लेरी ढवा हुदैं भुम्दी, कालाबाङ, स्वाँरा, लुकुनस्वाँरा, ट्रायथोलन भेन्युबाट डुंगाबाट फेवातालमा बोटिङ(डुंगा) गर्दै खपौदी पुग्ने छ । त्यसपछि पुन दौडिएर बाराहीघाटस्थित खेल मैदानमा पुगेर प्रतियोगिता टुंगिने छ । दौडको रुट मुटुको आकारको छ । त्यसैले मुटुलाई माया गर्नुपर्छ भन्दै प्रतियोगिताको नारा पनि नारा नै ‘रन फर लभ’ राखिएको छ ।
‘पोखराको पर्यटन प्रवद्र्धन गर्नको लागि हामीले थालेको यो सानो प्रयास हो’,शनिबार प्रतियोगिता संचालनको सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले भने–‘पोखराको पर्यटन प्रवद्र्धनको लागि यो प्रतियोगिता कोषेढुंगा सावित हुनेछ ।’ उनका अनुसार प्रतियोगिताको अन्तर्राष्ट्रिय रुपले प्रवद्र्धन गरिनेछ । चिनिया मिडियाबाट हुने प्रवद्र्धनले पनि यहाँको पर्यटन उद्योगलाई ठूलो टेवा पुग्ने उनको विश्वास थियो ।
कार्यक्रममा बोल्दै कुनमिङ माउण्टेनरिङ एक्सप्लोरेसन एसोसियसनका महासचिव झाङ सीले यो प्रंतियोगिताले नेपाल र चीनबीचको सम्बन्ध अझ प्रगाढ बनाउने धारणा बताए । उनले दुई वर्ष अघिदेखि अध्ययन गरिएको अहिले आएर प्रतिफल प्राप्त गरेको सुनाए । ‘प्रतियोगिताले नेपाल र चीन बीच पिपुल टु पिपुल रिलेसनसिपलाई बढवा दिन्छ ।’ उनले भने–‘पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्याउने भएकोले यसलाई रन फर लभ मात्रै होईन देश विकासको दौडौं भन्ने नारा पनि हो ।’ पोखरा–कुनमिङ बीच सँस्कृति र खेलकुद मिल्दोजुल्दो भएको समेत उल्लेख गरे । उनले पोखराको आर्थिक विकासमा टेवा पुर्याउने भन्दै पोखरा र कुनमिङ बीचको भगिनी सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।
पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले पोखराको पर्यटन प्रवद्र्धनको लागि यो प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । संघका महासचिव दामु अधिकारीले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको व्यवसायिकरणमा पा्ेखरा उद्योग वाणिज्य संंघले खेलको भूमिकाको स्मरण गर्दै पर्यटनको विकासमा संघ निरन्तर क्रियाशिल भएको बताए । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पर्यटन प्रवद्र्धनको लागि निजी क्षेत्रले खेलेको भूमिकालाई राज्यस्तरबाट पनि मूल्याङ्कन हुनु पर्नेमा जोड दिए ।
पोखराको पर्यटन प्रवद्र्धनमा नयाँआयाम थपिने विश्वाससँगै प्रतियोगिता गर्न पाउनु सौभाग्य र अवसर भएको उनले उल्लेख गरे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले पोखराको पर्यटन प्रवद्र्धनमा नयाँ प्रोडक्ट भएको उल्लेख गर्दै त्यसको लागि मिडियाले सहकार्य गर्ने प्रतिबद्धता जनाए । पछिल्लो समय नेपाल भित्रिने चीनिया पर्यटक अन्य देशको तुलनामा बढी छन् । नेपालमा ५४ हजार चीनिया पर्यटक आगमन भईसकेको तथ्यांक छ । फ्रि भिसाले चीनिया पर्यटकका आकर्षण बढिरहँदा पोखरामा पनि उल्लेख्य आगमन देखिएको छ । साहसिक खेल पर्यटनको लागि चीनियाँ पर्यटक पोखरा आउने गरेका छन् । तस्बिर धन बस्नेत


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…